May 18, 2017

मदिराको नशा र मुक्काको झोँकमा अाफ्नै शाथीकाे हत्या

जेठ ४, काठमाण्डाै । सामान्य विवादमा बांगेमुढामा एक युवकले साथीको हत्या गरेका छन्। मदिराको नशामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ पुरानोबजारका ‘लम्बु भाइ’ भन्ने २३ वर्षीय भूषण श्रेष्ठले ललितपुर–७ पिलाछेँका १९ वर्षीय आतिश तामाङको हत्या गरेका हुन ।

समाचारअनुसार प्रहरीले मंगलबार श्रेष्ठलाई पक्राउ गरेको छ। गत सोमबार राति साढे ११ बजे श्रेष्ठले तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। महागनरीय अपराध महाशाखाका अनुसार दुवै जनाले मदिरा पिएका थिए। पिपुल्स क्याम्पसमा अध्ययरत श्रेष्ठ कलेजका साथीहरूसँग मदिरा पिएर कोठा फर्कंदै थिए।

बांगेमुढा चोकमा उनले तामाङ र राजन पुरीबीच झगडा भइरहेको देखे। विवादपछि पुरीले तामाङलाई ‘लम्बु भाइ, यो मान्छेले के भन्दै छ हेर् न’ भन्दै घरतर्फ लगे। श्रेष्ठ पनि वास्ता नगरी आफ्नो घरतर्फ लाग्दै थिए। त्यही बेला तामाङले श्रेष्ठलाई रोकेर गालामा एक झापड हाने।

त्यसपछि उनीहरूबीच घम्साघम्सी भएको थियो। मुक्का हानाहान हुँदा श्रेष्ष्ठको नाकबाट रगत आयो। त्यसपछि उनले साँचोको झुप्पामा रहेको चुक्का निकालेर तामाङलाई हानेका थिए। घाइते बनाएपछि उनी साथीको डेरामा गएर बसेका थिए।

स्थानीय देखेर तामाङलाई उपचारका लागि वीर अस्पताल पुर्याएकोमा त्यहाँ उनको मृत्यु भएको थियो। महानगरीय अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले दुवै जना पहिलेदेखि नै साथी भएको बताए। मदिरा र रिसको आवेगमा हत्या भएको महाशाखाका डिएसपी दीपक रेग्मीको भनाइ छ। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने