मेलम्ची– ३ र ४ मा काँग्रेस, २ र ५ मा एमाले विजयी

मेलम्ची–_३_र_४_मा_काँग्रेस_२_र_५_मा_एमाले_विजयी1478

मेलम्ची। पछिल्लो मत परिणामअनुसार मेलम्ची नगरपालिका– ३ र ४ मा नेपाली काँग्रेस विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– २ र ५ मा नेकपा एमाले विजयी भएको छ। 

नगरपालिकाको वडा नं– ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका वसन्त गुरुङले ६०७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जयराम गुरुङले ४४३ मत प्राप्त गरेका छन्।

यसैगरी सोही नगरपालिकाको वडा नं ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका दमाईसिंह तामाङले ६०५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद खनालले ४७६ मत प्राप्त गरे।

सो नगरपालिकाको वडा नं– २ को वडाध्यक्षमा एमालेका सन्तबहादुर तामाङले ५६७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लालाचन्द्र खतिवडाले ४७० मत प्राप्त गरे।

यस्तै सो नगरपालिकाको वडा नं– ५ को वडाध्यक्षमा एमालेका सुदर्शन लुइँटेलले ५०३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजेन्द्र सिग्देलले ४४६ मत प्राप्त गरे।

मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा नेकपा एमालेका डम्वर अर्यालले दुई हजार ७६५ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसका आइतमान तामाङले दुई हजार २१८ मत प्राप्त गरे। नेकपा माओवादी केन्द्रका श्याम खड्काले एक हजार ३८५ र राप्रपाका फणिन्द्र दाहालले एक हजार ३२५ मत प्राप्त प्राप्त गरेका छन्।

यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकी भगवती नेपालले दुई हजार ८३९, काँग्रेसकी सविता गुरुङले दुई हजार २०४, राप्रपाकी कुमारी तामाङले एक हजार ४३१ र नेकपा माओवादी केन्द्रकी मुनादेवी ढकालले एक हजार १२८ मत प्राप्त गरेकी छन्। रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने