वैशाख ३१ । नायिका करिश्मा मानन्धरले काठमाण्डौबाट मतदान गर्न नपाएपछि पति विनोद मानन्धरमाथि आक्रोश पोखेकी छिन् । नयाँ शक्ति नेपालकी केन्दि्रय सदस्य करिश्माले पति विनोद मानन्धरले आफूहरुका लागि गरेका हरेक कुरालाई ‘कृपा’ मान्नुपर्ने ? भन्दै आक्रोश पोखेकी छिन !
उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्-‘विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमी नै मालिक बन तर केही कुरा सहन सकिदैन ।’
करिश्माले आफ्नो मतदाता नामाबली काठमाण्डौमा नभई राजबिराजमा पुगेपछि आक्रोश पोखेकी हुन् । पति विनोदले लाजिम्पाटबाट भोटिङ कार्ड लिदा आफ्नो र छोरीको मात्र बनाएको तर आफ्नो नबनाइदिएको समेत उनले उल्लेख गरेकी छिन् ।
उनले अगाडि लेखेकी छिन्-‘हामी लाजिम्पाटमा बस्छौ । आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ । तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी संझिनु भएन । मैले उहाँलाई यो बिषयमा सोधेँ, तर वास्ता गर्नु भएन ।
म आफै गएर ३ घन्टा लाइन बसेर रजिस्टर गरेँ । बसाई सराइको कागज थिएनँ, त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो, न त म त्यहाँ कैले बसेके छु । कसरी गएर भोट दिने ? अरु सबै कुरामा उ मेरो मालिक होला, तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएनँ ।’
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न