१६ वैशाख ,काठमाडौं – वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ दिई बिक्री गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई ओमन पुर्याएर बिक्री गरेको अभियोगमा तोकबहादुर तामाङ, मेदनीप्रसाद प्रसाईं र निमा लामालाई पक्राउ गरेको हो । यसअघि नै सोही गिरोहका विष्णु लामा पक्राउ परेका थिए ।
व्युरोकी एसपी मीरा चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुले नेपालका विभिन्न नाकाबाट भारतको दिल्ली पुर्याएर हवाईमार्ग हुँदै युवती ओमन पठाउने गरेको बताएका छन् । ‘यसबापत उनीहरुलाई ओमनको दलालले प्रतिमहिला एक लाख ३० हजार रुपैयाँ दिने गरेको खुलेको छ,’ चौधरीले भनिन् ।
पक्राउ परेकाहरु नेपालमा बसेर वैदेशिक रोजगारीमा जाने प्रयासमा रहेका महिला खोज्ने, उनीहरुलाई राम्रो कामको प्रलोभनमा पारेर ओमन जान राजी गराउने र राहदानी बनाएर भारतको दिल्लीसम्म पठाउन सक्रिय थिए । नागरिक दैनिकका खबर छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको