April 26, 2017

काखी गन्हाउँछ ? यी हुन काखी गन्हाउने समस्याबाट बच्ने उपाय !

र्मी मौसम पनि सुरु भइसकेको छ । यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ । यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ । तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस् । किनकी यसका समाधान पनि छन् । काखी गन्हाउने समस्याबाट बच्ने उपाय यस प्रकार छन्ः

सरसफाई र स्वास्थ्यमा ध्यान

काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरिरभर फैलिएर समग्रमा शरिर नै गन्हाउँछ । हाम्रो शरिरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनकी पसिना आउनु पनि एउटा नियमितता हो । तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न गर्मी मौसममा कम्तिमा एकपल्ट नुहाउने गर्नुपर्छ । विशेगरी एन्टिब्याक्टेरिया साबुनको प्रयोग गर्नुपर्छ । हावा छिर्ने ९प्राय कटन र फाईबर०का लुगा लगाउनुपर्छ । पसिना नसोस्ने तथा छालामा पनि अशर गर्ने भएकोले गर्मी मौसममा सिन्थेटिक्सयुक्त कपडा लगाउनुपर्छ ।

खाना खाँदा बिचार पु्र्याउँ

गर्मी मौसममा कफीको मात्रा, जंक फुड र तेलीय खानेकुरा घटाउनै पर्छ । यी खानेकुरा विशेषगरी क्याफिनले पसिना ग्रन्थीलाई उत्तेजित बनाउँछ जसका कारण शरिरमा अत्यधिक पसिना आउने र गन्हाउने गर्छ । मौसमी फलफुल र प्रर्याप्त पानी पिउदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।

काखीमा कागती

कागतीको रस दल्नु सबैभन्दा उपर्युक्त घरेलु तरिका हो । यसबाट कुनै साइड इफेक्ट हुँदैन । आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दल्ने र यसलाई केही समय सुक्न दिएर लुगा लगाउनुपर्छ । यसको केहीबेर पछि चिसो पानीले नुहाउनुपर्छ । यसले शरिरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त गर्नुका साथै लामो समयसम्म ताजा राख्छ ।

तुलसी र निम पात

तुलसी र निम दुबैमा ब्याक्टेरिया बिरोधी तत्वहरु हुन्छन् । यसले ब्याक्टेरिया उत्पन्न हुनबाट बचाउँछ । तुलसी र निमको पातको लेपन बनाएर काखी वा शरिरको पसिन आउने अन्य भागमा लगाउनुपर्छ । केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ । सातामा तीन पटक यस्तो लेपन लगाउँदा उत्तम हुन्छ । नुहाउनु भन्दा अगाडि यो लगाउँदा प्रभावकारी हुन्छ ।

छालाको पीएच घटाउ

एसिड भएको समयमा छालाको ब्याक्टेरिया बाँच्न सक्दैन । तसर्थ स्याउको वाइन, भिनेगार, चियाको तेल र विच हेजल लगाउँदा पनि शरिरको दुर्गन्ध हट्छ । स्याउको वाइन, भिनेगर र विच हेजललाई पाखुरामुनि दल्ने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने