गाईघाट (उदयपुर), १३ वैशाख । श्रीमती हत्याको आरोपमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ असारी बस्ने ६२ वर्षीय मनबहादुर घले गुरुङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मङ्गलबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति मनबहादुर र निजकी श्रीमती ४६ वर्षीया सीता गुरुङबीच मादकपदार्थ सेवन गरेर झगडा भएको थियो । झगडापछि गुरुङले श्रीमतीलाई केही कुटपिट गरेपछि श्रीमतीले आत्महत्या गरेको गुरुङले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ ।
यता गुरुङका छोरीसहित स्थानीयवासी कृष्णकुमारी मगरका अनुसार भने कुटपिटका कारण नै श्रीमती गुरुङको मृत्यु भएका कारण छोरी र स्थानीयवासीले समेत प्रहरीमा कुटपिटको कारण मृत्यु भएको उजुरी दिएको प्रहरीले बताएको छ । श्रीमती सीताको शवपरीक्षण भइसकेको र प्रहरीले मनबहादुरलाई मङ्गलबार नै म्याद थप गरेर अनुसन्धान सुरु गरेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो ।
अनुसन्धान सुरु भइसकेको र अनुसन्धानपछि मात्र वास्तविक तथ्य कुरा बाहिर आउन सक्ने पनि प्रहरीले बताएको छ । स्थानीयवासी विदुर राउतका अनुसार गुरुङ असरीमा रहेर मजदुर काम गर्दै आएका थिए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको