कार्यालयभित्रै मिहला कर्मचारीलाई लडाएर बलात्कारकाे प्रयास

१२ वैशाख ,राजविराज । महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि.का सहायक अधिकृत भगवानी साहले कार्यालयमै रहेको निवासमा गएर एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको खुलासा भएको छ ।संस्थाले आरोपित साहलाई निलम्बित गर्दै तलब बृद्धि रोक्का, घटुवा र बढुवा रोक्का गरेको पत्र सोमबार थमाए पछि घटनाको खुलासा भएको हो ।

 पीडितले प्रहरीमा उजुरी नगरी संस्थामा मात्र उजुरी दिएकोले घटना सार्वजनिक भएको थिएन् । संस्थाको प्रशासन तथा लेखा विभाग प्रमुख प्रबन्धक सरोजकुमार सिंहको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा साहलाई आचारण विपरीत काम गरेको ठहर गर्दै कारवाहीको भागिदार बनाएको प्रमुख कार्यकारी अधिकृत श्यामकान्त चौधरीले बताउनुभयो ।

चौधरीका अनुसार आगामी दिनमा महिला वा अन्य कर्मचारीसँग असल, मर्यादित व्यवहार नगरेको पाइए साहलाई कडा कारवाही गरिने चेतावनी समेत दिइएको छ । कोठामा एक्लै भएको मौका छोपी पुगेका साहले गत चैत १० गते बिहान कार्यालय सहयोगी २३ वर्षीया पीडितलाई तिमी कति राम्री भन्दै यौन सम्पर्कको लागि प्रस्ताव राखेका थिए । तर, महिला कर्मचारी अस्विकार गरेपछि उनलाई नियन्त्रणमा लिई ओछ्यानमा लडाएर बलात्कार प्रयास गरेको पीडितले बताउनुभयो ।अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको