दुई चरणमा निर्वाचन गर्दा केकेमा हुँदैछ आयोग र राज्यलाई घाटा ?

काठमाडौ, बैशाख ११– सरकारले मधेसी मोर्चाको माग पूरा गर्नेगरी स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने घोषणा गरेपछि निर्वाचन बहिस्कार गर्ने बताएको मोर्चा निर्वाचनमा सहभागी हुने सकरात्मक वातावरण बनेको छ । तर, निर्वाचन आयोगले यसअघि गरेका केही तयारीहरु भने खेर जाने भएका छन् । एकै चरणमा निर्वाचन सम्पन्न गर्ने योजनाका साथ काम थालेको आयोगले सरकार र मोर्चाबीचको पछिल्लो सहमतिपछि दुई चरणमा चुनाव गर्ने घोषणा भएको थियो ।

सरकारको घोषणासँगै आयोगले गरेका चुनावी तयारीहरुमध्ये केही खेर जाने भएका छन् भने केही अन्यौलताहरु पनि थपिएका छन् । दुई चरणमा स्थानीय निर्वाचन गर्दा देखापर्ने प्रारम्भिक असरहरु यस्ता छन् :

बजेट पछि धकेलिँदै
सरकारले जेठ १५ मा बजेट ल्याँउनेगरी आफ्ना संयन्त्रहरुलाई दु्रत गतिमा खटाइरहेपनि सरकारले दोश्रो चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि बजेट प्रभावित हुनेछ । बजेट ल्याँउन निर्वाचन आचारसंहिता पनि आकर्षित हुने र प्रमुख प्रतिपक्षी दल एमालेले पनि बिरोध गर्नेभएपछि बजेट थप दुई सातापछि धकेलिने निश्चित जस्तैै भएको छ ।

बिमा १३ करोड ८१ लाख थपिने
दोश्रो चरणमा चुनाव गर्ने भएपछि निर्वाचनमा खटिने कर्मचारीका लागि गरिएको एक महिने विमा थप गर्नुपर्ने हुन्छ । यसपछि थप १३ करोड ८१ लाखको बिमा रकम थप गर्नुपर्ने हुन्छ । ५५ दिनको लागि प्रति म्यादी प्रहरी २ लाखका दरले दुर्घटना विमा गरिएको छ ।

कर्मचारीको भत्तामा भार
आयोगले निर्वाचन नसकिञ्जेल सम्मका लागि काम गर्न निर्वाचनमा खटिएका कर्मचारीलाई नियुक्ति दिएको छ । करार तथा सरकारी संयन्त्रणबाट तानेर निर्वाचन प्रयोजनका लागि प्रयोग गरिएका कर्मचारीको भत्ताको ब्ययभार बढ्नेछ । कर्मचारीको भत्तामा कति भार थपिन्छ यसबारे आयोगले हिसाबकिताब निकालीनसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

घरभाडाको ब्ययभार
निर्वाचन प्रयोजनका लागि आयोगले बिभिन्न जिल्लाहरुमा घर तथा फ्ल्याट भाडामा लिएको छ । चुनावको म्याद जेठ ३१ सम्म थप भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालय तथा आयोगको निर्वाचन सामग्री राखिएका घरको भाडा तथा बिजुलीको ब्ययभार बढ्नेछ ।

मतगणना कार्य के गर्ने ?
बैशाख ३१ गते ३ प्रदेशमा भएको चुनावको मतगणना के गर्ने भन्ने अन्यौलता थपिएको छ । तत्काल मतगणना गरेर परिणाम सार्वजनिक गर्दा बहुमत ल्याँउने दलको चुनावी लहरको मनोबैज्ञानिक असर अन्य प्रदेशमा पनि पर्ने खतरा रहन्छ । अर्कोतिर मतगणना नगर्ने हो भने एक महिनासम्म मतपेटिका कहाँ र कसरी सुरक्षित राख्ने भन्ने चुनौती हुनेछ । मतगणना गर्ने कि नगर्ने भन्नेमा दलहरुबिच बिवाद बढ्नसक्छ ।

यी कुरा आवश्यक पर्दैनथ्यो
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्दा निर्वाचन सामग्रीका साथै म्यादी प्रहरीमा ब्ययभार कम पर्ने थियो ।

९ करोडको मतपेटिका
आयोगले चीनबाट ९ करोड रुपैयाँ हाराहारीमा ३० हजार थान मतपेटिका खरिद गरेको छ । आयोगका विभिन्न जिल्लामा यसअघिको निर्वाचनमा प्रयोग भएको ६० हजार हाराहारीमा मतपेटिका रहेको थियो । दुई चरणमा निर्वाचन गर्दा एक ठाँउमा प्रयोग भइसकेपछि त्यही मतपेटिका अर्को क्षेत्रको निर्वाचनमा प्रयोग गर्न सकिन्थ्यो ।

७५ हजार म्यादी प्रहरी
७५ जिल्लामा स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सरकारले ७५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले म्यादी प्रहरीको ५५ दिनको ५१ हजार तोकेको छ भने पोषाकका लागि थप ७ हजार १ सय रुपैयाँ तोकेको छ । बैशाख ३१ गते ३ प्रदेशमा मात्र चुनाव हुने भएपछि अन्य प्रदेशका म्यादी प्रहरी कामबिहिन हुनेछन् भने उनीहरुका लागि थप अर्को महिनाका लागि तलब–भत्ताको भार पर्ने भएको छ ।

राजनीतिक दलको प्रचार खर्च बढ्यो
स्थानीय तहको चुनावमा आफ्नो पक्षमा जीत निकाल्न राजनीतिक दलहरुले प्रचार प्रसारलाई तीब्रता दिइरहेका छन् । ४ प्रदेशमा थप एक महिनासम्म दलहरुले प्रसार प्रसार तथा चुनावी तयारीका लागि खर्च गर्नेछन् । दोश्रो चरणमा चुनाव गर्दा दलहरुको चुनावी खर्च पनि बढ्ने भएको छ ।

मतदाता नामावली पुन प्रकाशन गर्नुपर्ने
सोमबार सरकारसँगको छलफलमा निर्वाचन आयोगले मतपत्र पुन नछाप्ने बताएको छ । तर प्रदेश नं २ र ५ मा स्थानीय तहको संख्या थप हुनेभएपछि मतदाता नामावली पुन प्रकाशन गर्नुपर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । स्थानीय संरचना परिवर्तन भएपछि मतदाता नामावली तथा परिचयपत्र पुन प्रकाशन गर्नुपर्ने हुन्छ, जसले आयोगलाई कामको चापका साथै आर्थिक ब्ययभार पनि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने