बालकृष्ण ढुंगेलको बारेमा प्रहरी के भन्छन् ?

balkrishna-

काठमाडौं, ११ वैशाख । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय फैसला भई फरार भएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउका लागि खोजी गरिरहेको छ । सात दिनभित्र पक्राउ गरी जानकारी गर्न अदालतले आदेश दिएपछि प्रहरीले यस्तो जवाफ पठाएको हो ।

 सात दिनभित्र पक्राउ गरी कारागार चलान गर्न दिएको आदेशअनुसार खोजी नगरीकनै खोजी भइरहेको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले अदालतलाई आइतबार जवाफ पठाएको हो । प्रहरी प्रधान कार्यालयले बिदाबाहेक सात दिन पुगेकै दिन आइतबार २ बजे सो बेहोराको पत्र बुझाएको अदालत स्रोतले जनाएका छ ।

गत साता न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हत्याको अभियोगमा दोषी ठहर ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै हिँडेको र अदालतको फैसलालाई पनि चुनौती दिएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो । तर, प्रहरीले केही दिन खोजी गरेजस्तो गरे पनि उनलाई पक्राउ नगरी खोजी गरिरहेको भन्दै पत्र दर्ता गराएको छ । यसबीचमा गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले बालकृष्ण ढुंगेल नेपालमै नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

 

सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई सात दिनभित्र पक्राउ गरी जानकारी गराउन प्रहरी महानिरीक्षकका नाममा आदेश दिएको थियो । सो आदेश गृहमन्त्रालय हँुदै प्रहरी कार्यालयमा पुग्दासम्म बालकृष्ण ढुंगेल काठमाडौंबाहिर गएको गृहराज्यमन्त्री बानियाँको भनाइ छ ।

अदालतले आफू र मातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी पक्राउ गर्न र जो जससँग समन्वय गर्नुपर्ने हो, त्यसमा कमी हुन नदिन सर्वोच्चले प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरेको थियो । जहाँबाट सम्भव हुने हो, त्यहीँबाट आदेश गरी ढुंगेललाई पक्राउ गर्न भनिएको थियो । प्रहरीले आन्तरिक सेटमार्फत पक्राउ गर्न मातहत निकायलाई निर्देशनसमेत जारी गरेको थियो । तर, आइतबार प्रहरी प्रधान कार्यालयले खोजी भइरहेको भन्दै पत्र पठाएको छ । ‘प्रहरीलाई सात दिनको समय दिएको थियो,’ अदालतका एक कर्मचारीले भने, ‘मान्छे पक्राउ परेको पत्र आयो भन्ने लागेको थियो, तर खोजी भइरहेको भन्ने पत्र पो आयो ।’आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने