७ बैशाख, काठमाडौं । राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने पूर्व निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ । आयोग पछि हटेपछि राप्रपाले घोषित विरोधका कार्यक्रमहरु फिर्ता लिएको छ ।
राप्रपाको विधानबाट राजतन्त्र र हिन्दुराष्ट्र हटाउने निर्णय हालका लागि स्थगित गर्ने आयोगले निर्णय गरेको हो ।
आयोगको यस्तो निर्णयपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले संघर्षका कार्यक्रमहरु फिर्ता लिएको र अब चुनावमा केन्द्रित हुने बताएको छ ।
तर, चुनाव सकिएपछि फेरि यो विषयलाई अगाडि बढाइने राप्रपाले जनाएको छ ।
साथै सत्तापक्षमा रहेर राप्रपाले निर्वाचन आयोग विरुद्ध आन्दोलन गरेको भन्दै आयोगले जनाएको आपत्तिप्रति राप्रपाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आफ्नो पार्टी सविधान, कानून र निर्वाचन आचार संहिताप्रति प्रतिवद्ध रहेको विज्ञप्तिमार्फत राप्रपाले स्पष्ट पारेको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको