काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले अझै ६० लाख थान पाठ्यपुस्तक छपाउन बाँकी रहेको जनाएको छ । उसले स्थानीय तहको चुनावका निम्ति आवश्यक सामग्री छपाइ कार्यमा दक्ष जनशक्ति र मेसिन प्रयोग भएकाले पाठ्यपुस्तक छपाइमा ढिलाइ हुन पुगेको जनाएको छ । नयाँ शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा वैशाख मसान्तसम्म विद्यार्थीको हातमा पुस्तक पुर्याउने दाबी केन्द्रको छ ।
विद्यालय तहको पाठ्यपुस्तक छाप्ने एकमात्र सरकार मातहत निकाय केन्द्रले नयाँ शैक्षिक सत्रका निम्ति दैनिक सवा लाख थानका दरले पुस्तक छपाइरहेको दाबी गरेको छ । हरेक वर्ष शैक्षिक सत्र आधा सकिँदासम्म सबै विद्यार्थीले पाठ्यपुस्तक पाएका हुँदैनन् । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन सामग्री छपाइले पाठ्यपुस्तक छपाइ अझ ढिलो हुन गएको केन्द्रका प्रबन्ध सञ्चालक महेशबाबु तिमल्सिनाले बताए ।
‘निर्वाचन सामग्री छपाइले पाठ्यपुस्तक छाप्न केही प्रभाव पारेको छ,’ ‘सेक्युरिटी प्रेसअन्तर्गत निर्वाचन सामग्री छपाइ भइरहेको र अधिक दक्ष जनशक्ति तथा बाइन्डिङ, स्टिचिङ र कटिङ मेसिनसमेत भित्रै परेकाले ढिलाइ हुन गएको हो ।’ यसअघि शिक्षा मन्त्रालयले चैत मसान्तभित्र छपाइसक्ने दाबी गरेको थियो ।
करिब २ करोड थान पुस्तक छाप्नुपर्नेमा हालसम्म १ करोड ४० हजार थान मात्र छापिएको प्रबन्ध सञ्चालक तिमल्सिनाले जनाए । ‘अब करिब ६० लाख थान छाप्न बाँकी छ,’ ‘वैशाखभित्र सबै विद्यार्थीको हातहातमा पुस्तक पुर्याइसक्ने छौं ।’ हरेक वर्ष ढिलो हुने भएपछि केही वर्षयता कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइ निजी छापाखानालाई दिइएको छ । कक्षा ६ देखि १० सम्मको भने केन्द्रले आफैं छाप्दै आएको छ ।
शिक्षा मन्त्रालयले चैतभित्र सबै पाठ्यपुस्तक छपाइसक्न केन्द्रलाई निर्देश गरेको थियो । ‘जे–जसरी हुन्छ समयमै पाठ्यपुस्तक छपाइसक्ने भनेका हौं,’ मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले स्थानीय तहको चुनाव पहिलो प्राथमिकतामा परेको उल्लेख गर्दै ‘जनक शिक्षासँग तत्कालको कार्ययोजना माग गरेका छौं । उसले परिस्थिति हेरेर विज्ञप्ति जारी गर्नेछ ।’ वैशाखभरि विद्यार्थी भर्ना अभियान जारी रहने र अनौपचारिक रूपमा पठनपाठन सुरु गरिनेछ । त्यतिञ्जेल विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुपर्नेछ ।
केन्द्रले दैनिक छापिएका पुस्तक तत्काल सबै जिल्लामा ढुवानी भइरहेको जनाएको छ । यस वर्ष ३० लाख थान साझा प्रकाशन र १५ लाख थान निजी छापाखानालाई छाप्न दिइएको छ । ती दुवै निकायलाई वैशाख २२ भित्र सबै पुस्तक बुझाइसक्न केन्द्रले ताकेता गरेको प्रबन्ध सञ्चालक तिमल्सिनाले बताए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको