स्वास्थ्यका लागि अमृत हो पुदिना

Pudinaएजेन्सी । गाउँघरमा पाइने पुदिनामा कैयौं औषधिको गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन बढी फाइदाजनक मानिन्छ ।

जस्तैः

– पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।

– पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस् । जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ ।

– पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।

– पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ ।

– ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।

– दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ ।

– पुदिनाको सेवनले खटाई लाग्ने समस्या पनि निको हुन्छ ।

– यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ ।

– यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।

– पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ ।

– यदि सानो बच्चालाई गर्मीका कारण झाडापखाला लागेको छ भने पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुई÷दुई चम्चा खुवाएमा झाडापखाला निको हुन्छ ।

– यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्डद्वारा गेटा मेडिकल कलेजका विषयमा छलफल

२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै

प्रहरीको लाठीचार्जविरुद्ध नेपाल चिकित्सक संघले भोलि देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द

नेपाल सरकारको निर्देशन : माग १ गते नेपालभरका विद्यालयमा योग दिवस मनाउ

 बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय

योगा गर्नै पर्ने १६ कारणहरु

  -प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,

नियमित योगाभ्यासका फाइदाहरु र योगाभ्यास गर्दा ध्यान दिनुपर्ने कुराहरु

२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने

योगको अभ्यास गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण नियमहरु

योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी