April 8, 2017

माओवादी नेता तथा कार्यकर्ताहरुले धमा धम छाड्न थाले पार्टी

काठमाडौं, चैत २६ – जिल्लास्तरिय नेता तथा कार्यक्रताहरु धमा धम माओवादी केन्द्रमा प्रवेश गर्न थालेपछि मोहन बैद्येले नेतृत्व गरेको माओवादी क्रान्तिकारी रित्तिन थालेका छन् । नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरिरहदा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा भाँडभैलो शुरु भएको छ । नेकपा क्रान्तिकारी माओवादीको पछिल्लो सचिवालय वैठकले पाँच जनालाई केन्द्रीय सदस्यमा बढुवा गरेपछि पार्टीमा भाँडभैलो शुरु भएको हो ।

ललितपुरबाट गोविन्द पोखरेल, सचिर महर्जन तथा हरीकृष्ण गजुरेललाई क्रान्तिकारी माओवादीले हालैमात्र केन्द्रीय सदस्यमा बढुवा गरेको थियो । ती व्यक्तिहरुलाई पार्टीले मापदण्डविपरित बढुवा गरेको भन्दै पार्टीका असनतुष्ट नेता तथा कार्यक्रताहरु माओवादी केन्द्रमा प्रवेश गर्न थालेका हुन् ।

स्थानीय तह चुनावका मुखमा केही पार्टीका बलिया हस्तीहरुले पनि पार्टी छाडेपछि वैद्य माओवादी संकटमा फसेको छ । पार्टी भने यति बेला आन्दोलनमा रहेको छ । पार्टीले आफूहरुले पनि चुनाव चिन्ह् पाउनु पर्ने माग राख्दै आन्दोनल गर्दै आइरहेको छ । पार्टीबाट केहि समय अगाडि माओवादी आन्दोलन कमजोर भएको राम बहादुर थापा लगाएत शीर्ष नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र

असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक

एमाले देश विकासको अभियन्ता, आधुनिकताको नायकः अध्यक्ष ओली

११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत

अपराधी पहुँच र दवावमा उम्कने प्रवृत्तिका विरुद्ध जिफन्टद्धारा ध्यानाकर्षण

५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले

असोज ८ र ९ मा यसरी हुँदैछ एमालेको बागमती प्रदेश अधिवेशन

काठमाडौँ, असोज ५ गते ।  नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र