२६ चैत, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए प्रचण्ड सरकारलाई धुलो चटाएरै छाड्ने बताएका छन् । प्रचण्डकै पहलमा नयाँ दललाई चुनाव चिन्ह नदिने गरी स्थानीय तह निर्वाचन ऐन ल्याएको हुन सक्ने उनको आशंका छ ।
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा भट्टराईले संसदमा नभएको दललाई चुनाव चिन्ह नदिनु लोकतन्त्र र संविधान विरोधी भएको बताए ।
लोकतन्त्रविरुद्ध जानेलाई कुर्सीबाट खसाल्ने नेपाली परम्परा नै रहेको भन्दै उनले भने, ‘हामी यति सशक्त आन्दोलन गर्छौ र प्रचण्ड सरकारलाई धुलो चटाएर छाड्छौं र हाम्रो चुनाव चिन्ह लिएर निर्वाचन लड्छौं ।’
उसो भए वैशाख ३१ को चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरुलाई सोध्नुस् ।’
नयाँ शक्तिका संयोजक भट्टराई प्रधानमन्त्री एवं पूर्वसहकर्मी प्रचण्डमाथि खनिए । प्रचण्डले सत्ताको दोहन गर्ने र भ्रष्टाचार गर्ने बाहेक अरु उद्देश्य नभएको बताए । उनले भने, ‘जनयुद्धको नेतृत्व गरेको आएको प्रचण्डजी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त हुनु भन्दा लाजमर्दो के हुनसक्छ ?’
प्रचण्डले भ्रष्टाचारको कीर्तिमान तोड्ने र धन आर्जन गर्न लागेको भन्दै उनले अघि भने, उहाँले चुनाव गराउनु होला भन्नेमा गम्भीर आशंका छ ।’
१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा
१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ
१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा
१७ चैत,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० साउनदेखि फागुनसम्ममा इन्डोनेसियासँग मात्र नेपालको व्यापार घाटा ३० अर्ब
१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।
१५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका