स्थानीय निर्वाचनका लागि कांग्रेसको आन्तरिक तयारी सुरु

Congress-Dal-ko-office-768x449२५ चैत, काठमाडौं । सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने गरी ठोस धारणा तय गर्न आन्तरिक छलफललाई तीव्रता दिएको छ ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा जारी पार्टी केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकमा स्थानीय निर्वाचनमा केन्द्रित रहेर छलफल भइरहेको नेता महेश आचार्यले जानकारी दिए ।
उनले स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणा पत्रमा के कस्ता विषयलाई समेट्ने भन्ने विषयमा पनि छलफल हुने नेता आचार्यले बताइए ।

नेता आचार्य नेतृत्वको स्थानीय तह निर्वाचन घोषणा पत्र तयारी समितिले स्थानीय जनताको मागलाई सम्बोधन हुने गरी घोषणा पत्र तयार पार्ने योजना अनुसार काम अघि बढाइसकेको छ । त्यसै गरी कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनाव परिचालनको कामलाई देशभर संचालन गर्ने गरी कार्ययोजना बनाउने कामलाई तीव्रता दिँदै आएको छ ।

बैठकमा संविधान संशोधनको विषयमा पनि छलफल हुनेछ । कांग्रेसले स्थानीय तहको निर्वाचन एकै चरण गर्नेगरी मधेशी मोर्चालाई पनि सहभागी गराउनका लागि आवश्यक पहल गर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्