चितवनको गैँडा शुक्लाफाँटा लगिँदै, यसरी गरियो नियन्त्रण (तस्बिरसहित)

चितवन, चैत २२ – दुई दिनअघि देख नै चितवन राष्ट्रिय निकुञ्जको सुखीभारमा क्याम्प खडा गरी गैँडाको वासस्थानको अध्ययन गरिएको थियो । गैँडा नियन्त्रणमा लिनका लागि ३० वटा हात्ती, ३० जना माउते, ३० जना पछुवा र निकुञ्जका १० कर्मचारी दुई दिनदेखि खटिएका थिए ।

सोमबार बिहानै चितवन राष्ट्रिय निकुञ्जको सुखीभारमा वनदेवीको पूजा गरिएको थियो ।  त्यस अवसरमा निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराई र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले टोलीलाई आवश्यक निर्देशन दिनुभएको थियो ।

नेपाली सेना, दातृ संस्थाहरु, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जियोलोजिकल सोसाइटी लगायतका प्रतिनिधि गरी झण्डै एक सय जना परिचालन भएका छन् । गैँडा पठाउनका लागि तीनवटा खोर तयारी अवस्थामा राखिएको छ ।

सोमबार बिहान १० बजेर २४ मिनेट जाँदा निकुञ्जको सुखिभारको घाँसे मैदानमा एउटा भाले गैँडालाई बेहोस वनाउने औषधि राखिएको गोली हानेर (डाट) गरी स्थानान्तरणका लागि ट्रकमा राखिएको शुक्लाफाँटा लैजाने लगिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

निकुञ्जको सुखीभार क्षेत्रमा निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराई र क्षेत्रीय वन निर्देशक गणेश झाले डाट गर्न प्राविधिक टोलीलाई हस्तान्तरण गरी गैँडा खोज्ने काम सुरु गरिएको थियो । पहिलो भाले गैँडालाई निकुञ्जका प्राविधिक तिर्थबहादुर लामाले रुखमा चडेर डाट गर्नु भएको थियो । डाट गरेको ५ मिनेटमा गैँडा घाँसे मैदानमा ढलेको थियो । ३० वटा हात्तीले घेराहालि गैँडालाई बिचमा पारेर डाट गरिएको थियो । झण्डै १५ वर्षको वयस्क भाले गैँडा ४ सय २६ सेन्टिमिटर लामो छ । गैँडालाई ५८९४ नम्बरको कलर आईडी लगाईएको गैँडालाई डाट गरेर ढलेपछि गैँडालाई काठबाट पिर्का झै बनाइएको ठूलो स्ल्यापमा राखेर डोजरले स्ल्याप घिसारेर ट्रकमा राखिएको थियो ।

यसअघि सन् २००० मा चार वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो । चितवनबाट लगिएपछि शुक्लाफाटामा गैँडाको संख्या १४ पुग्नेछ । शुक्लाफाटामा गैँडाको लागि चाहिने बासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ । सरकारले शुक्लाफाटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो । यही निर्णय अनुरुप गएको वर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा लगिएको थियो

From:ujyalo online

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको