मृत्युपश्चात के हुन्छ ? गौतम बुद्ध

विज्ञानको खोज पनि यहि छ कि मानिसको मृत्युपश्चात के हुन्छ? पार्थिव शरीर त चरणबद्ध तरिकाले कुहिएर जान्छ तर उसले जीवनभरी बटुलेका दृश्य र ज्ञान के हुन्छ? विज्ञानले यसको उत्तर फेला पार्न सकेको छैन।

धार्मिक पक्षलाई हेर्ने हो भने आत्मा सबैको अमर हुन्छ तर शरीरले रूप फेरिरहन्छ, मनुष्य भएर जन्मिएपनि उसको एउटा मूल उदेश्य हुन्छ र त्यो उदेश्य प्राप्त गरिसकेपछि उसको जन्म सिद्ध हुन्छ भनेर धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। तर आधुनिक मानवदिमागले यी सबै कुराहरूको निष्कर्ष निकाल्न सकेको छैन।maxresdefault

अझैपनि मानिसहरू अन्यौलमा छन् कि जीवनको उदेश्य के हो र मृत्युपश्चात वास्तवमै के हुन्छ? यसै सन्दर्भमा भगवान गौतम बुद्धले आफ्ना शिष्यहरूलाई ज्ञानको ज्योती बाँडिरहेको एउटा कथाप्रसङ्ग छ, जुन अति नै रोचक छ।

मृत्युपश्चात के हुन्छ ? गौतम बुद्धको एक प्रसंग… एकपटक गौतम बुद्धलाई उनका एक शिष्यले सोधे, “हे भगवन! हजुरले आजसम्म हामीलाई धेरै पाठहरू सिकाउनुभयो तर यसको बारेमा भन्नुभएको छैन कि मानिसको मृत्युपश्चात के हुन्छ ?” शिष्यको यस्तो प्रश्न सुनेर बुद्ध मुस्कुराए र प्रतिप्रश्न गरे, “पहिला मलाई यो भन वत्स! यदि कोहि कतै जान लागिराखेको छ र अचानक कतैबाट उसको शरीरमा एक वीषले भरिएको तीर आएर लाग्छ। यस्तो बेलामा सुरुमा के गर्नुपर्छ? शरीरमा लागेको तीरलाई हटाएर उपचार गर्नुपर्छ कि तीर कहाँबाट कसले हान्यो

भनेर खोज्न जानुपर्छ?” शिष्यले बुद्धको मनसाय बुझिसकेको थियो, तैपनि उनले भने- “सुरुमा त उसको शरीरबाट तीर झिकेर तुरुन्तै उपचार गरिहाल्नुपर्छ, गुरु! नत्र त्यो वीष उसको पुरै शरीरमा फैलिन थाल्छ ।” “तिमीले ठीक भन्यौ वत्स! अब यो भन कि पहिला यस जीवनमा दुखको निवारण गर्ने उपाय खोज्छौँ कि, मृत्युपश्चात के हुन्छ भनेर सोच्छौ?” बुद्धको प्रश्न सुने शिष्य अकमक्क परे ।

बुद्धको यो वाणीबाट सिक्न सकिन्छ कि हरेक कुराको एउटा रीति हुन्छ, क्रम हुन्छ। जीवनको उदेश्यलाई बुझ्ने कुनै सर्टकट छैन, हुँदैन। जसले भोग्छ, उसले मात्र बुझ्छ। पृथ्वीमा जन्म लिएर आइसकेपछि हाम्रो परम कर्तव्य भनेको असल कर्म गर्नु हो, त्यहि हाम्रो परमधर्म हुन जान्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको