पर्यटकलाई काठमाडौं घुमाउन अब ‘स्काई बस’

timthumbकाठमाडौं घुम्न आएका पर्यटकहरुलाई मात्र सेवा दिनको लागि उपत्यकामा अब स्काई (माथि खुल्ला भएका) बस संचालनमा आउने भएका छन्।

काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा उपत्यकामा पर्यटकहरुलाई भ्रमणमा सहज होस भनेर यस्ता बस संचालन गर्ने योजना सार्वजनिक गरेको हो। महानगरका नवनियुक्त प्रमुख कार्यकारी इश्वरराज पौडेलले सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजना अनुसार उपत्यकका विभिन्न पर्यटकीय स्थलहरुमा अवलोकन गराउनका लागि डेडिकेटेड बस संचालन हुने छ।

यूरोप अमेरिका तथा अन्य विकसित मुलुकहरुमा भएको सिटी टुर बस सेवाजस्तै काठमाडौंमा पनि संचालन गर्न लागिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। पर्यटकहरुलाई एक पटक सबै गन्तव्यहरुमा जान सहज होस भनेर यस्तो सेवा सुरु गर्न लागिएको उनको भनाई छ।

यसको लागि बजेटको कुनै समस्या नभएकोले अबको ६ महिनाभित्र संचलनमा आउने उनले दावी गरे। पहिलो चरणमा सुविधासम्पन्न २ वटा स्काईबस संचालन गर्ने र त्यसपछि उपत्यकाकाका अन्य स्थानमा पनि विस्तार गरिने महानगरले जानकारी दिएको छ।

बस आउन्जेल हाल देखिएको धुलो धुँवाको समस्या समाधान भएर जाने र सफा स्वच्छ काठमाडौंमा पर्यटकलाई सुविधासम्पन्न बसमा यात्रा गराइने कार्कीले बताए। ‘हाल विभिन्न विकास निर्माणका कारण राजधानीमा धुलोधुवाँको समस्या रहेको छ, तर केही समयपछि सबै बाटो पिच भएपछि यो हट्नेछ’ उनले भने, ‘सडकलाई सधै सफा राख्नको लागि हामीले ब्रुमर मेसिन पनि ल्याउँदै छौँ त्यसपछि काठमाडौं स्वच्छ हुने छ।’

स्काई बस सेवा निजी क्षेत्रसँग सहकार्य गरेर चलाइने महानगरले जनाएको छ। पर्यटन व्यावसायीहरुसँगको छलफलपछि संचालन मोडालिटी तयार पारिने अधिकारीहरुले जनाएका छन्।

कार्यान्वयन भए, कोशेढुंगा
महानगरले ल्याएको योजना सफल भएमा पर्यटन क्षेत्रको लागि यो सेवा कोशेढुंगा सावित हुने व्यवसायीहरुले बताएका छन्। सरकारी योजनाहरु प्रायः घोषणमै सिमित हुने हुँदा यसमा पनि आशंका रहेको तर यो कदम सकारात्मक भएको ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल(टान) का अध्यक्ष चन्द्रप्रसाद रिजालले प्रतिक्रिया दिए।

विकसित देशहरुमा सिटी टुरको अवधारणा निकै रुचाइएको र सफल भए पनि नेपालमा त्यसको व्यवस्था नहुँदा पर्यटकहरुले कष्टपुर्ण यात्रा गर्नुपरिरहेको व्यवसायीहरुको भनाइ छ। सरकारी तहबाटै यस्तो अवधारणा कार्यान्वयनमा आए पर्यटकहरुले सेवा मात्र नभएर विश्वभर सकारात्मक सन्देश जाने रिजालको भनाइ छ।

विश्वका विभिन्न देशहरुमा धेरै प्रकारका मोडल भएकाले नेपालमा कसरी संचालन गरिन्छ भन्ने जानकारी नभएपनि समयमै लागू भए समग्र पर्यटन क्षेत्रको लागि सही सुरुवात हुने व्यवसायीहरुको प्रतिक्रिया छ।

महानगरले ल्याएको योजना आफैमा राम्रो हो। लागू गर्ने नियतका साथ आएमा व्यावसायीहरु सहकार्य गर्न सदैव तयार भएको बताउँछन् नेपाल एसोसिएसन आफ टुर्स एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) का अध्यक्ष मधुसुधन आचार्य।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको