प्रदेश २ को चुनाव सार्न प्रधानमन्त्रीको प्रस्ताव

timthumbप्रधानमन्त्री पुष्पकमल दाहालले दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन पछि सार्न प्रस्ताव गरेका छन्। दुई नम्बर प्रदेशमा निर्वाचनको वातावरण बन्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा अन्य सबै प्रदेशमा निर्वाचन गर्ने र जेठ मसान्तभित्र दुई नम्बर प्रदेशको निर्वाचन गर्ने प्रस्ताव गरेका हुन्। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ। चीन भ्रमणपछि सत्तारुढ नेपाली कांग्रेससहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँगको छलफलमा प्रधानमन्त्रीले दुई चरणमा निर्वाचन गराउने प्रस्ताव राखेका हुन्।

दुई चरणमा निर्वाचन गर्दा अप्ठ्यारो हुने सत्तारुढ दलकै नेताहरुले बताएपछि प्रधानमन्त्रीले दुई दिनभित्रै सहमति गर्ने बताए। छलफलमा प्रधानमन्त्रीले भने ‘शीर्ष नेतृत्वसँग छलफल गरी अन्तिम निश्कर्षका लागि मलाइ दुई दिन अझै दिनुस्। दुई दिनभित्र सबै कुरा मिल्नेछ।’ मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने ‘प्रधानमन्त्रीले पुन पुरानै प्रस्ताव राख्नुभयो। उहाँले दुई नम्बर प्रदेशमा अहिले नै निर्वाचन सम्भव नभए दोश्रो चरणमा गर्ने कुरा पनि उठाउनुभयो। तर हामी मानेनौं। सत्ता पक्षको मुड सहमति गर्ने जस्तो लागेन त्यही भएर आज कुनै सहमति भएन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्