फेरी सुरु हुने भो सुत्केरी र नवजात शिशुलाई ‘न्यायो झोला उपहार कार्यक्रम’

73657640177234346625799866-img-1529.full२०७३ चैत १६ बुधबार, काठमाडौँ- स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गरी आमा र शिशु मृत्युदर कम गर्ने उद्देश्यले सुरु गरिएको ‘न्यायो झोला उपहार’ कार्यक्रम पुनः सुरु हुने भएको छ ।

चालु आर्थिक वर्षको सरकारको कार्यक्रममा नपरेको न्यानो झोला कार्यक्रम यही महिनादेखि सुरु हुने भएको छ ।

स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले देशभरका सबै जिल्लाका स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला र शिशुलाई न्यानो झोला वितरण गर्दै आएको थियो । स्वास्थ्यमन्त्री गगनकुमार थापाले अन्य कार्यक्रमको रकम कटौती गरी यही महिनादेखि नै यो कार्यक्रम गर्न रु दुई करोड ५१ लाख विनियोजन गरेपछि कार्यक्रम सुरु हुन लागेको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा नरेशप्रताप सिंहले जानकारी दिए।

उनले भने, ‘यो कार्यक्रम यस वर्षको कार्यक्रममा थिएन । अब कुन जिल्लामा कति आवश्यक पर्छ त्यो अध्ययन गरी हामी जिल्लामा छिट्टै रकम पठाउँदै छौँ ।’ नवजात शिशुको मृत्युदर घटाउने उद्देश्यकासाथ सरकारले तीन वर्षअघि न्यानो झोला कार्यक्रम सुरु गरेको थियो ।

शीताङ्गका कारण हुने नवजात शिशुको मृत्युदर हटाउन प्रभावकारी मानिएको कार्यक्रम एकाएक रोकिँदा सर्वत्र यसको आलोचना पनि भएको थियो । सरकारले दुई वर्ष लगातार बजेट छुट्याएर बर्थिङ सेन्टरमा जन्मिएका नवजात शिशु र सुत्केरी आमालाई न्यानो कपडा उपलब्ध गराउँदै आएको थियो ।

आर्थिक वर्ष २०७०÷७१ देखि सुरु भएको यो कार्यक्रमका लागि त्यस आवमा रु १९ करोड छुट्याइएको थियो भने आव २०७१÷७२ का लागि रु २१ करोड छुट्याइएको थियो । तर चालु वर्ष कार्यक्रम सञ्चालन गर्न परिवार स्वास्थ्य महाशाखाले त्यसका लागि बजेट प्रस्ताव नगरेपछि कार्यक्रम नै कटौती भएको थियो । पचहत्तर जिल्लामै सञ्चालित कार्यक्रम प्रभावकारी बनेको भए पनि पूर्वनिर्देशक आरपी बिच्छाले एकाएक यो कार्यक्रम रोकेका थिए।

न्यानो झोला कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टरमा जन्मिएका नवजात शिशुलाई दुई जोर बाहिरी भोटो, दुई जोर भित्री भोटो, दुई जोर मोजा, दुई जोर ¥यापिङ बेड सिट उपलब्ध गराउनुका साथै सुत्केरी आमालाई एक जोर म्याक्सी उपलब्ध गराइँदै आइएको थियो ।

सरकारले न्यानो झोला तय गर्न सम्बन्धित बर्थिङ सेन्टरलाई प्रतिनवजात शिशु तराई तथा पहाडमा रु ८०० र हिमाली जिल्लामा रु ९०० का दरले पैसा दिँदै आएको थियो । निर्देशक केसीले घरमा जन्मिएका नवजात शिशुलाई जन्मनेबित्तिकै पुराना मैला लुगाले पुछ्ने गर्दा सङ्क्रमण हुने र न्यानो लुगा नहुँदा शीताङ्ग भएर मृत्यु हुने भएकाले त्यसको नियन्त्रणका लागि यो कार्यक्रम ल्याइएको र यो कार्यक्रम प्रभावकारी पनि भएको बताए। कार्यक्रम सुरु भएपछि स्वास्थ्य संस्थामा आई सुत्केरी हुनेको सङ्ख्या पनि बढेको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास