डा. लोहनीको नयाँ पार्टी घोषणा

Dr.-Prakash-Chandra-Lohani-1-768x464१६ चैत, काठमाडौं । डा। प्रकाश चन्द्र लोहनीले आफ्नो नेतृत्वमा हिन्दु राष्ट्रिय पहिचान र राजसंस्था स्थापनाको मुख्य लक्ष्य सहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठनको घोषणा गरेका छन् ।

केही समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका डा। लोहनीले बुधबार नयाँ पार्टीको घोषणा गरेका हुन् । राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई सम्मुन्नत दिशा तर्फ अग्रसर बनाउन नयाँ पार्टी गठन गरेको उनले बताए ।

नेपालको धर्म तथा सांस्कृतिक पहिचानमा निरन्तर बढ्दै गएको अतिक्रमण, भ्रष्टाचार, सत्ताको दुरुपयोग, बढ्दो बेरोजगारी र आर्थिक सिथिलताप्रति सरकार संवेदनशील बन्न नसक्दा जनता इमान्दार दलको खोजीमा रहेको भन्दै उनले सबै समस्या समाधानका लागि पार्टी बनाएको बताए ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादीले) संवैधानिक राजसंस्थाको वकालत गर्दै दलिय जमिन्दारी संस्कारबाट मुक्त समाज निर्माणका लागि भन्दै ७ बुँदे रणनीतिसहित पार्टीको घोषणापत्र पनि जारी गरेको छ ।

२० बुँदे घोषणापत्रमा संवैधानिक राजसंस्था नेपालको एकता र नेपालीहरुबीच सदभाव राख्न आवश्यक रहेको निष्कर्षसहित त्यसको कार्यान्वयनलाई मूल लक्ष बनाइएको छ । पूर्ण धार्मिक स्वतन्त्रतासहित धर्म सापेक्ष सनातन हिन्दु राष्ट्र हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध रहेको घोषणा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्