चैत १६, शेरबहादुर देउवा, निर्वाचनको विषयमा : घोषित मितिमा स्थानीय तहको निर्वाचनको विकल्प हामीसंग छैन । कुनै पनि हालतमा तोकिएको मितिमा स्थानीय निर्वाचन हुन्छ । सबै सदस्यहरु आ–आफ्नो जिल्ला र क्षेत्रमा निर्वाचनको परिणाम पार्टीको पक्षमा पार्ने गरी लाग्नु होला । कार्यकर्तालाई त्यही अनुरुपको निर्देशन दिनुहोला । मधेसको समस्या समाधान भएको छैन् भनेर निर्वाचन नहुने भन्ने भ्रम छर्न आवस्यक छैन् । मधेस समस्या सुल्झिएर उनीहरुको पनि सहभागितामा निर्वाचन हुन्छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।
बैठक राख्ने विषयमा : रामचन्द्र जीले सभापतिले केन्द्रिय कार्यसमिति बैठक नराखेर लिखित पत्र नै बुझाउने अवस्था सृजना गरेको भन्दै मेरो आलोचना गर्नुभयो । तर, तपाई आफैले विभिन्न कार्यक्रमका लागि मुलुक बाहिर र मुलुकका अन्य स्थानमा जान प¥यो बैठक केहि समय पछि बसौला भन्नु भएको होइन ? तपाई बाहिरबाट आएपछि बैठक बस्न सल्लाह गर्नु प¥यो भन्दाभन्दै बैठक आव्हानका लागि लिखित पत्र थमाउनु भयो, त्यसमा गल्ती मेरो कि तपाईको ? मैले पार्टीले गर्ने निर्णय सबैको सहमतिमा गर्न खोजेको हो, त्यसलाई मेरो कमजोरी सम्झेमा मेरो भन्नु केहि छैन । म हिजो तपाईहरुको स्थानमा थिएँ । पार्टीभित्रको प्रतिपक्ष हुदाँ कस्तो हुन्छ मलाई राम्रोसंग थाहा छ । त्यही भएर सबैलाई मिलाएर लैजाने प्रयास मैले गरिरहेको छु ।
रामचन्द्र पौडेल, निर्वाचनको विषयमा : हामी मधेसको समस्या समाधान गर्न लागिरहेका छौ । सकभर मधेसका माग संविधान संशोधनमार्फत सम्वोधन गरी उनीहरुको समेत सहभागितामा निर्वाचन सम्पन्न गर्ने हाम्रो चाहना हो । त्यही अनुरुप काम गरिरहेका छौ । अव निर्वाचन सर्ने कुरा हुदैन, एकमत भएर निर्वाचनमा जानुको विकल्प छैन् । स्थानीय तहको निर्वाचनमासबैको ऊर्जा देखिएको छ, त्यसलाई प्रयोग गरेर पार्टीलाई पहिलो बनाउने गरी अघि बढ्नु पर्छ । मलाई स्थानीय तहको निर्वाचन परिचालन समिति संयोजक बनाउने प्रस्ताव सभापतिले गर्दा एकछिन सोचे, बनौ कि नबनौ भनेर । त्यसपछि जिवनभर पार्टीका लागि काम गरेँ, अहिले किन दिइएको जिम्मेवारी पुरा नगर्ने भनेर सहमति जनाएँ । अब व्यवस्थापिका संसदमा रहेको पहिलो पार्टीको हैसियत गुम्न नदिनेगरी स्थानीय निर्वाचन कसरी पार्टीको पक्षमा पार्ने भनेर सबै लाग्नु पर्छ।
बैठक राख्ने विषयमा : पार्टी केन्द्र्रिय समिति बैठक बसेर महत्वपूर्ण निर्णय संस्थागत रुपमा गराैँ भन्दा सभापतिले अन्यथा लिन भएन । बैठक बस्न लिखित पत्र नै दिनु पर्ने अवस्था निर्माण हुनु भएन । सभापति ज्यू तपाईं सबै नेता कार्यकर्ताको नेता हो, हाम्रो पनि नेता हो । एउटा गुटको मात्रै नेता बन्नु भएन, सिंगो पार्टीको नेता बन्न प¥यो । सबैलाई मिलाएर निर्णय गरी एक ढिक्का भई मुलुकमा फैलिरहेको कम्युनिष्टीकरणका विरुद्ध उत्रनु आजको आवस्यकता हो । मलाई व्यक्तिगत रुपमा भन्ने हो भने अव कुनै आश पनि छैन, त्रास पनि छैन । गर्नुपर्ने काम पार्टीका लागि गर्छु । तानाशाही प्रवृत्ति नलाद्नुस्, संगसंगै पार्टीका लागि यात्रा गरौं । त्यो नै सबैका लागि भलोको विषय हुन सक्छ ।
उम्मेदवार छनोटका दुई विधि
१. केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार स्थानीय तहका उम्मेदवारको नाम सम्बन्धित गाउँपालिका, नगरपालिका, उपमहानगर, महानगर तथा ती तहका वडा समन्वय समितिले सिफारिस गर्नेछन् । सिफारिस भएका नाममा सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, त्यो क्षेत्रबाट प्रत्यक्ष जितेका सांसद, नभए प्रत्यक्षतर्फका उम्मेदवार र क्षेत्रीय सभापति, निकटतम् प्रतिद्वन्द्वीसमेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरी उम्मेदवारको नाम टुंग्याउनुपर्नेछ । तर, क्षेत्रीय समितिबाट सर्वसम्मत निर्णय नभएमा अहिलेसम्म कायम क्षेत्रीय पदाधिकारी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, प्रत्यक्षतर्फका सांसद, नभए प्रत्यक्षतर्फका सांसदका उम्मेदवार, क्षेत्रीय सभापति र उनका निकटतम् प्रतिद्वन्द्वीसमेतको सहमतिमा छनोट गर्नेछ ।
२. दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुख÷उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट जिल्ला कार्यसमितिले गर्नेछ । उम्मेदवारको नाम सम्बन्धित क्षेत्रले सिफारिस गर्ने र ती नाममा क्षेत्रीय सभापति, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम् प्रतिद्वन्द्वी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, प्रत्यक्षतर्फका सांसद र नभए प्रत्यक्षका उम्मेदवारसमेतको उपस्थितिमा जिल्ला कार्यसमितिबाट सर्वसम्मत निर्णय गर्नुपर्नेछ । सर्वसम्मत निर्णय हुन नसके जिल्ला पदाधिकारीसहित जिल्लाका पार्टी केन्द्रीय सदस्य, प्रत्यक्षतर्फ जितेका सांसद, नजितेको भए उम्मेदवार र जिल्ला सभापति, उनका निकटतम् प्रतिद्वन्द्वीसमेतको सहमतिमा उम्मेदवार छनोट गर्ने मापदण्ड केन्द्रीय समितिले बनाएको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने