१५ चैत, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ ।
मंगलबारबाट सुरु भएको पार्टीको संघीय परिषदको बैठक स्थानीय तहको निर्वाचनसम्बन्धि रणनीति तय गर्ने एजेन्डामा केन्द्रित छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका संयोजक डा। भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गराउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा संशोधनमार्फत संविधानको स्विकार्यता बढाउँदै निर्वाचन सम्पन्न गर्नु पार्टीको मुख्य कार्यभार रहेको उल्लेख छ ।
२ दिनसम्म चल्ने बैठकले स्थानीय तहको निर्वाचनसम्बन्धी रणनीति तय गर्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।
बैठकमा पार्टीको एक वर्षे कार्यकालको पनि समिक्षा हुनेछ । विगतको समिक्षा गर्ने र पार्टीलाई मुलुकको बैकल्पिक शक्तिको रुपमा स्थापित गराउने गरी निर्वाचनको तयारी गर्ने विषयमा सबै प्रदेशका नेताहरुसँग सुझाव लिने पार्टीको तयारी छ ।
बैठकमा सबै प्रदेशका र देश बाहिरका संगठनसहित १ हजार प्रतिनिधि सहभागी छन् ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्