‘मतदाता परिचयपत्र छपाइमा ढिलाइ’

election-Commision-320x250
काठमाडौं , १४ चैत । स्थानीय चुनावको निम्ति मतदाता नामावली संकलन अझै पूरा नभएकाले अहिलेसम्म पनि मतदाता परिचयपत्र छपाई शुरु हुन नसकेको निर्वाचन आयोगले जनाएको छ।हालसम्म ६६ जिल्लाबाट मात्रै मतदाता नामावली प्राप्त भएको र बाँकी जिल्लाको विवरण २० गतेसम्ममा आउने आयोगको अपेक्षा छ।

चुनावको मिति करिब डेढ महिना मात्र बाँकी रहँदा परिचय पत्र मतदाताको हातहातमा पुर्याउन चुनौतिपूर्ण हुनसक्ने बताइएको छ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि अत्यावश्यक मतदाता परिचयपत्र छपाइका निम्ति ओम्नि ग्रुप नामक कम्पनीलाई जिम्मा दिइसकेको जनाएको छ।

प्रत्येक मतदाता परिचयपत्र छपाइका निम्ति करिब १० रुपैया पर्ने गरि सम्झौता गरिए पनि कहिलेदेखि छपाइ गर्ने भन्नेबारे हालसम्म टुंगो नलागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो। “अन्तिम मतदाता नामावली तयार भएपछि मात्र उसले छाप्न सक्छ। २० गतेसम्म त्यो तयार पार्ने योजनामा हामी छौं,” उहाँले बताउनुभयो।

हालसम्म विभिन्न जिल्लाबाट प्राप्त मतदाता नामावली सम्बन्धी विवरण अध्यावधिक गर्ने काम भैरहेको आयोगको भनाइ छ।
ती विवरण निर्वाचन आयोगका कम्युटर ईन्जिनियरहरुको प्रत्यक्ष नियन्त्रणमा हुने र आयोगकै निगरानीमा मतदाता परिचयपत्रको छपाइको कार्य हुने आयोगले बताएको छ।

मतदान अधिकृत स्थानीय तहमा खटाइनु अगावै मतदाताको परिचयपत्र सुरक्षित तवरले हातहातै पुर्याउने आयोगको तयारी छ।
तर घर्किंदै गएको समयका कारण त्यो कार्य निकै कठिन हुने जानकारहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन