चैत्र १४, काठमाडौं– नयाँ शक्तिको हिमाल, पहाड, तराई÷मधेश राष्ट्रिय अभियान हिजो सकिएको छ । लहानबाट शुरु भएको अभियान हिजो धनगढीमा पुगेर सकिएको हो ।
अभियान चैत्र ९ बाट शुरु भएको थियो । नयाँ शक्ति पार्टीले राष्ट्रिय एकता निर्माणका लागि अभियानको सुरुवात गरेको दावी गरेको थियो । एमालेको मेची–महाकाली अभियानमा जस्तो नयाँ शक्तिको अभियानमा तनाव चाहीँ भएन् ।
अभियानका क्रममा लहानबाहेक बर्दिबास, चन्दनिगाहपुर, भैरहवा, कोहलपुर र धनगढीमा नयाँ शक्तिका सभाहरु भएका थिए ।
नयाँ शक्तिका सवैजसो शीर्ष नेताहरु सहभागी भएको अभियानमा बाबुरामले एमालेमाथि अलि बढी हमला गरे, यद्यपी उनको हमलामा अरु राजनीतिक दल पनि परेका थिए । एमाले अध्यक्ष केपी ओलीको नामै नलिई बाबुरामले ओलीमाथि एकपछि अर्को हमला गरे । पाँच दिनमा ओलीमाथि बाबुरामका १५ हमला आएका छन् ।
केही दिन अगाडि बाबुरामको नक्कली फेसवुक फेजको हवला दिदै ओलीले बाबुराममाथि निशाना साधेका थिए । बाबुरामले ओली र सीके राउतलाई एउटै सिक्काका दुई पाटाका रुपमा ब्याख्या गर्दै आएका छन् ।
संविधान संशोधनमार्फत संघीयता र सीमांकनको विषय टुंगोमा पुर्याएर तीनवटै तहको चुनाव एकैचोटी गर्दा उपयुक्त र सहज हुने बाबुरामले सवैजसो सभामा बोले ।
बाबुरामले पुराना राजनीतिक दल र नयाँ शक्तिकाबीचमा धेरै फरक रहेको दावी पनि दोहोराए । यतिसम्म भने, ‘सुँगुरसँग कुस्ती खेल्नु हुँदैन, खेलियो भने आफैंलाई फोहोर लाग्छ । हामी पुराना पार्टीहरुसँग कुस्ती खेल्न होइन, सुशासन र सदाचारयुक्त समृद्धिको शिखरतिर लम्किने अभियानमा छौं ।’
भट्टराईले नयाँ शक्तिले राजनीतिक स्थिरताको जगमा टेकेर समृद्ध नेपाल बनाउन चाहेको सवैजसो सभामा बोलेका थिए ।
जसमा समृद्ध नेपालको अवधारणा प्रस्तुत गर्दै पहाडी तथा हिमाली क्षेत्रमा पूर्व पश्चिम राजमार्ग, तराईलाई जोड्ने आवश्यक लिंक रोडहरु, फास्ट ट्याक, गाउँपालिकाहरुमा स्तरीय कलेज, बैंकहरु, स्वास्थ्य संस्थाहरु, प्रत्येक प्रदेशमा एक हजार मेगावाटको जलविद्युत परियोजना, ठूला सहर, पर्याप्त बाटोघाटो आदि निर्माण गर्ने आफ्नो सपना रहेको सुनाएका थिए ।
ओलीमाथि बाबुरामको कस्ता–कस्ता हमला ?
९ चैत्रमा लहानको सभामा
१–अहिले देशलाई तोड्न चाहने र जोड्न चाहने शक्तिहरुबीच संघर्ष चलिरहेकोले नयाँ शक्ति पार्टीले देशलाई जोड्न चाहेको छ । देश जोड्नका लागि सबैलाई समान व्यवहार गरेर सबै जातजाति भाषाभाषीलाई बराबर अधिकार दिनुपर्छ । अधिकार दिन नचाहनेहरु अहिले हावी भएका छन् ।
२–एकातिर एकात्मक राज्य राख्न चाहने प्रवृत्ति र अर्को्तिर पृथकतावादी प्रवृत्तिले पनि समस्या पारिरहेको छ । यी दुई वटै एउटै सिक्काका दुई पाटा हुन्, जसले अन्ततः विखण्डनको बिउ रोपेका छन् । यसको समाधान संघीयताको उचित व्यवस्थापन नै हो ।
१० चैत्रमा बर्दिबासको सभामा
३–कुनै एउटा जाति मात्र नेपाली अरु अनेपाली भन्ने अहंकारवादी सोचले देशमा विखण्डनको बिउ रोपेको छ ।
४–यो देश मेरा बाउबाजेले बनाएको हो, म राष्ट्रवादी हुँ, मेरो रगतमा, मेरो डिएनएमा राष्ट्रियता छ, म यो देशलाई बचाएर एकताबद्ध बनाएर राख्छु । म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । तर, मलाई राष्टघाती भन्नेहरुको डिएनए टेष्ट गर । तिमीहरुको राष्ट्रियता के हो ?
५–नेपालको निर्माणमा मधेशी समुदायहरुको योगदान छ । सीता, गौतमबुद्ध सबैलाई नेपाली भनेर गर्व गर्ने समुदायले मधेशमा बस्ने मधेशीलाई गैरनेपाली देख्नु नै गलत छ ।
११ चैतमा भैरहवाको सभामा
६–२५०० वर्ष अघि सभ्यताको सुरुवात भएको यो भूमिमा जसले बुद्ध नेपालमा जन्मिएका भनेर भाषण गर्छन । तर, त्यही भूमिमा जन्मिएका यहाँ बस्ने आदिवासी मधेशी थारुहरु नेपाली हैनन् भनिरहेका छन् । के यो तथ्य हो ?
७–यहि भूमिमा जन्मिएका र यो भूमिको रक्षा गर्नेहरुलाई गैरनेपाली भन्न मिल्छ ? गोर्खा राज्य विस्तार गरेर हाम्रा बाउबाजेले आर्जेको यो देश केही उट्पट्या मान्छेहरुको दुष्प्रयासका कारण कतै विखण्डित हुने त होइन ?
१२ चैत्रमा भएको कोहलपुरको सभामा
८–बिजुली स्याटलाइटबाट बेच्ने हावादारी कुरा गरेर जनतालाई झुक्याएर महाकाली नदी बेच्नेहरु आज रातारात राष्ट्रवादीको भेष धारण गरेर हिँडिरहेका छन् । एमालेको राष्ट्रवादलाई हजार मुसा मारेर बिरालो हज गएको उखानसँग मेल खान्छ ।
९–आफूलाई राष्ट्रवादी भन्ने पार्टीहरुले नश्लीय, महेन्द्रीय राष्टवादको कुरा गरिरहेका छन् । तराई मधेशका दाजुभाइलाई विहारी भनेर गिज्याइरहेका छन् ।
१०–अस्थिरतामा देशको विकास हुन सक्दैन, सबैलाई न्यायपूर्ण ढंगले अधिकार दिएर राष्ट्रिय एकता बलियो पारौं र यो देशको इन्द्रेणी राष्टवाद प्रवर्द्धन गरौं ।
अभियान अन्तगर्त १३ चैतमा धनगढीमा
११–केही व्यक्तिहरुले यो देशका विभिन्न समुदायहरुकाबिच विभाजन ल्याएर देशमा विखण्डनको बिउ रोप्ने कोशिस गरिरहेका छन् । जातीय विभेद, विद्वेष, घृणा र विखण्डनको बिउ रोप्नेहरुका विरुद्ध प्रतिक्रिया स्वरुप एउटा युवापंक्ति मधेशलाई खुलेआम टुक्र्याएर छुट्टै देश बनाउनुुपर्छ भन्दै मधेशमा अर्कोथरी विखण्डनको विउ रोपिएको छ । यी दुईबीच सालनाल जोडिएको छ । त्यसको विरुद्ध हामी राष्ट्रिय एकताको पक्षमा यो अभियान संचालन गरेका हौं ।
१२–एउटा समुदायलाई खुसी बनाउँदै उनीहरुलाई भोट बैंक बनाएर चुनाव जित्ने, सत्तामा जाने र भ्रष्टाचार गर्ने प्रवृत्ति ठीक होइन । नेपालीहरुको जुन तीन थरी जातीय क्लस्टर छ । उनीहरुको सहि इतिहास जनतालाई बुझाएर, यो देशलाई सहि अर्थमा भावनात्मक रुपमा जोडेर राष्ट्रिय एकता बलियो बनाउनुपर्छ ।
१३–भृकुटी, सीता र जनकलाई विभुति भन्ने तर, त्यही भूमिमा बस्ने मधेशी थारुहरुलाई विदेशी भन्न मिल्छ ? हामी चाहे खस आर्य, आदिवासी, जनजाति, मधेशी थारु हामी सबै नेपाली हौं ।
१४–जो बढी घुमन्ते हुन्छ, ऊ टाठोबाठो हुन्छ । भावनामा बग्न हुँदैन विज्ञान र तथ्यमा आधारित भएर निश्कर्ष निकाल्नुपर्छ । यसर्थ, हामी सबै बराबरी हौं ।
१५–केही भुईफुट्टा मानिसलाई जसले महाकाली जस्तो राष्ट्रघाटी सन्धि गरे तिनलाई प्रश्न गर्न चाहन्छु, देशलाई एकतावद्ध गर्नेहरुको विरुद्ध बिष बमन गरेर युवाहरुमा भ्रम छरेर अराजकता सिर्जना किन ?
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा
साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको
असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार
असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको
असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि