पृथ्वीजयन्तीमा बिदाबारे मन्त्रीबीच चर्काचर्की

Nedhi_with_Giri-58d7fda9b4f7d0.85851616-750x404काठमाडौं स् पृथ्वीजयन्तीको बिदाबारे आइतबार मन्त्रिपरिषद्को सामाजिक समितिको बैठकमा गृहमन्त्री र मन्त्रीबीच चर्काचर्की भएको छ ।सार्वजनिक बिदाहरूको बारेमा निर्णय गर्न बसेको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीबीच चर्काचर्की भएको हो ।

बैठकमा उपप्रधानमन्त्री निधिले राजा–महाराजाको जयन्तीमा बिदा नदिने बताएका थिए भने गिरीले पृथ्वीनारायण शाह राजा मात्र नभई एकीकरणको हिरो भएकाले बिदा दिनुपर्ने अडान राखेका थिए । अन्ततः निधिका कारण समितिले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको बिदा नदिने निर्णय गरेको छ ।समितिमा रक्षामन्त्री बालकृष्ण खाँड र वाणिज्यमन्त्री रोमी गौचन थकाली सदस्य छन् ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भने समितिले गरेको निर्णयप्रति अनभिज्ञता प्रकट गर्दै मन्त्रिपरिषद्बाट पृथ्वीजयन्तीमा बिदाको निर्णय गराउन पहल गर्ने बताए । ‘पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरण गरेकै कारण हामी नेपाली भएर बाँच्न पाएका हौं, समितिले के निर्णय गर्यो‍‍‍ त्यो ठूलो कुरा होइन,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय गराउन मेरो कुनै कमजोरी हुने छैन ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक