३ चैत, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाको फ्रन्टपेजमा प्रधानमन्त्री पुष्पकमल दाहालले सीमाङ्नलाई थाती राखेर स्थानीय निर्वाचन सहभागी हुन गरेको आग्रह मधेसी मोर्चाले अस्वीकार गरेको समाचारले स्थान पाएको छ । मोर्चाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । र अब मोर्चा प्रतिपक्षी दल भएको छ ।
आनन्दबजार – भारतीय सुरक्षाकर्मीले गोली हानी हत्या गरिएका गोविन्द गौतमको परिवारलाई भेट्न र सान्तवना दिन अहिलेसम्म सरकारी टोली कोहि पुगेको छैन । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
सरकारले गौतमलाई शहीहद घोषणा गरेको थियो । सरकारले शहीहद घोषणा गरेको सञ्चारमाध्यमहरुमा सुनेपनि हालसम्म सरकारी टोली पुगेर त्यस्तो औपचारिक जानकारी नगराएको गौतम परिवारको भनाइ छ ।
सरकारले शहीद गौतमलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरे पनि सरकारी तवरबाट औपचारिकतामा सिमित राख्यो तर जनस्तरबाट भने उच्च सम्मान पाएको शहीद गौतमका बुबा खेमलाल गौतम बताउनुहुन्छ ।
यससँगै नयाँ पत्रिका दैनिकले न्यायाधीशमाथिको छलफल तीन महिनादेखि अलपत्र परेको समाचारलाई महत्वका साथ छापेको छ । त्यस्तै विदेश अध्ययनमा जाने विद्यार्थीको चाप बढेको सन्दर्भमा ‘एकै महिना सात हजारभन्दा बढीले लगे नो अब्जेक्सन लेटर’ शीर्षकको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।
कञ्चनपुर घटनामा ‘नेपाल प्रहरीको पेस्तोल हराएको दाबी’ शीर्षकको समाचारलाई महत्व दिएको अन्नपूर्ण पोस्ट् दैनिकले मधेसी मोर्चा अब प्रतिपक्षमा बस्नेलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ । त्यस्तै साउदी अरबका तत्कालिन राजदूत हमिद अन्सारी भ्रष्टाचारको अभियोगमा जेल परेको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।
राजधानी दैनिकले देशभर २१ हजार मतदान केन्द्र हुने समाचारलाई प्राथमिकता दिएको छ । नेपाललाई हवाई कालोसूचीबाट हटाउन ईयूलाई औपचारिक आधारपत्र दिएको समाचारलाई महत्व दिएको राजधानीले स्थानीय तहमा नाम र केन्द्र सामान्य बहुमतबाटै परिवर्तन गर्न सकिने समाचारलाई एंकर बनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुर घटनामा गल्ती भएको स्वीकार्न भारतलाई आग्रह गरकोलाई महत्व दिएको कान्तिपुर दैनिकले मतपत्र छपाइ पर्सिदेखि सुरु हुनेलाईलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।
‘अमेरिका पठाइदिने भन्दै करोडौं उठाएर फरार’ हुनेको स्टोरीलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले सिन्धुपाल्चोकका भूकम्पपीडित विद्यार्थीले टहरोमै परीक्षा दिन बाध्य हुन परेको समाचारलाई महत्व दिएको छ ।
गोरखापत्र दैनिकमा न्याय परिषद्ले स्थानीय तह निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत सिफारिस गरेको समाचार प्राथमिकताका साथ छापिएको छ ।
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड