२९ फागुन, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छदार पनि सरकारमा सहभागी हुनेदेखि कञ्चनपुरमा भारतीय प्रहरीको गोली लागेर शहीद भएका गोविन्द गौतमको उच्चसम्मानका साथ आज अन्तेष्टि हुनेसम्मका समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् ।
स्थानीय निर्वाचनबाट ३६ हजार ६ सय ५४ स्थानीय प्रतिनिधि चुनिनेलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । कञ्चनपुरमा भारतीय प्रहरीको गोली लागेर शहीद भएका गोविन्द गौतमको ११ तोपको सलामीसहित आज अन्तेष्टि हुने समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।
बजारमा खाना पकाउने ग्यासको अभाव भएको समाचार र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार पनि सरकारमा सहभागी हुने समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकमा निर्वाचन आयोगले उम्मदवारको खर्चको सीमा तोकेको समाचारलाई महत्व दिएको छ । त्यस्तै संविधान संशोधनमा फेरि दुई तिहाइको गृहकार्य भएको समाचारले पनि प्राथमिकता पाएको छ ।
स्थानीय तह पुनर्संचना आयोगले अधुरो प्रतिवेदन बुझाउन लागेको समाचारलाई कान्तिपुर दैनिकले महत्व दिएको छ । नेपाल समाचारपत्र दैनिकमा धूलोले काठमाडौंको वायू मन्दविषजस्तो भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ । स्थानीय तह कार्यान्वयनमा कठिनाइ हुनेलाई गोरखापत्र दैनिकले एंकर न्यूज बनाएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न