राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता चढेको गाडी तोडफोड

फाल्गुन २६, २०७३- मधेसी मोर्चाले राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता तथा आयुक्त मोहना अन्सरी चढेको गाडी तोडफोड गरेको छ । गत सोमबार सप्तरीको राजविराजमा भएको घटनामा मृत्यु हुनेको परिवार भेट्न पुगेकी अन्सारी चढेको गाडीमाथि मोर्चा कार्यकर्ताले ढुंगामुढा गरेको हुन्। 20140918395888-600x0

अन्सारी सहित गाडीमा चार जना सवार थिए । ढुंगामुढा भएपछि अन्सारीलाई प्रहरीले स्कर्टिङ गरेर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ । अहिले सबैजना सुरक्षित छन् ।

एमालेको मेची-महाकाली जागरणा अभियानमा सोमबार मोर्चा र पुलिसबीच झडप हुँदा चार जना ज्यान गएको थियो । मोर्चाले घटनाको विरोध गर्दै आज पनि सप्तरीमा प्रदर्शन गरिरहेको छ ।

बुधबार मात्रै मोर्चा कार्यकर्ताले राजविराज–९ स्थित प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा ढुंगामुढा गरेका थिए । उनीहरूले यादवको घरमा झुन्डिएको ‘नेमप्लेट’ मा आगजनी गरेका थिए। यस्तै, एमाले सम्बद्ध रहेका योजना आयोगका पूर्वसदस्य कमानन्द देवको घर र विद्यालयमा पनि ढुंगामुढा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने