अन्सारी सहित गाडीमा चार जना सवार थिए । ढुंगामुढा भएपछि अन्सारीलाई प्रहरीले स्कर्टिङ गरेर जिल्ला प्रहरी कार्यालय पुर्याएको छ । अहिले सबैजना सुरक्षित छन् ।
एमालेको मेची-महाकाली जागरणा अभियानमा सोमबार मोर्चा र पुलिसबीच झडप हुँदा चार जना ज्यान गएको थियो । मोर्चाले घटनाको विरोध गर्दै आज पनि सप्तरीमा प्रदर्शन गरिरहेको छ ।
बुधबार मात्रै मोर्चा कार्यकर्ताले राजविराज–९ स्थित प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा ढुंगामुढा गरेका थिए । उनीहरूले यादवको घरमा झुन्डिएको ‘नेमप्लेट’ मा आगजनी गरेका थिए। यस्तै, एमाले सम्बद्ध रहेका योजना आयोगका पूर्वसदस्य कमानन्द देवको घर र विद्यालयमा पनि ढुंगामुढा गरेका थिए।