March 9, 2017

अब यसरी निस्कन्छ कक्षा ११ को नतिजा

फागुन २६,काठमाडौं – शिक्षा मन्त्रालयले कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने तयारी गरेको छ । गत वर्षदेखि कक्षा १० को परीक्षा (तत्कालीन एसएलसी) लेटर ग्रेडिङ सुरु गरेको मन्त्रालयले यस वर्षदेखि कक्षा ११ को नतिजा पनि लेटर ग्रेडिङ पद्धतिमा निकाल्न लागेको हो । मन्त्रालयले यसका लागि आवश्यक कार्यविधि बनाउँदै छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले कक्षा ११ मा लेटर ग्रेडिङमा नतिजा निकाल्न सैद्धान्तिक सहमति पाइसकेकाले कार्यविधि बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए ।

कार्यविधि बनाउन पाठ्यक्रम विकास केन्द्रले शिक्षा मन्त्रालय, विभाग, राष्ट्रिय परीक्षा बोर्डलगायतका सदस्य राखेर कमिटी गठन गरेको छ । ‘कक्षा ११ मा विद्यार्थीको रिजल्ट पनि ग्रेडसिटमा दिन्छौँ, कक्षा १० को ढाँचामा आधारित भएर कार्यविधि बनाउँछौँ,’ कार्यकारी निर्देशक काप्रीले भने, ‘टेक्निकल कुराको तयारी प्रक्रियामा छ, चैतभित्रै कार्यविधि तयार पार्छौँ र राष्ट्रिय परीक्षा बोर्डमा बुझाउँछौँ ।’

कक्षा ११ पनि विद्यार्थीको उत्तरपुस्तिका अंकमा परीक्षण गरी लेटर ग्रेडमा परिवर्तन गर्ने तयारी छ । कक्षा १० को परीक्षामा जस्तै नौवटा ग्रेड राख्ने विषयमा छलफल भएको काप्रीले बताए । गत वर्षको एसएलसीमा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई गरी नौवटा ग्रेड छुट्याएको थियो । ९० देखि एक सय अंक ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, २० देखि ४० भन्दा कम ल्याउनेलाई डी, १ देखि २० भन्दा कमलाई ई ग्रडिङमा राखेको छ ।

नौ कक्षामा पनि ग्रेडिङ : यस वर्षदेखि कक्षा नौ पनि लेटर ग्रेडिङमा मूल्यांकन हुने भएको छ । शिक्षामन्त्रीको अध्यक्षमा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले १० कक्षापछि तल्लो र माथिल्लो कक्षामा पनि लेटर ग्रेडिङमा मूल्यांकन गर्ने निर्णय गरिसकेको छ । काप्रीका अनुसार कक्षा नौको मूल्यांकन विद्यालय आफैँले गर्ने र त्यसको विषयमा पाठ्यक्रममा समेत जानकारी गराएकाले समस्या नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी