मोर्चाको गरे नेताहरुको घरमा छानीछानी आक्रमण

Capture-275सप्तरी, २५ फागुन।  सप्तरीमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरु एमाले नेताहरुको घरमा छानिछानी हमला गरेका छन् । तोडफोडमा मोर्चामा आवद्ध दलका जिल्लास्थित प्रमुख नेताहरुले नै अगुवाई गरेको बताइएको । मोर्चाका कार्यकर्ताले एमाले केन्द्रीय सदस्य सुनमनराज प्याकुरेलको राजविराज ४ स्थित घरमा तोडफोड गरेका छन् । उनीहरुले हानेको ढुंगाबाट झ्यालका शिशा फुटेका छन् । लाइट नेपालमा खबर छ |

एमाले नेता रामानन्द देवको राजविराज ९ स्थित लिटिल फ्लावर स्कुल र घरमा पनि तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरु एमाले सांसद रञ्जु ठाकुरको घरमा पनि पुगेका थिए । तर, कोही नभएको भन्दै फर्किएका छन् । मधेसी मोर्चाका कार्यकर्ताले एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड र झण्डा जलाइदिएका छन् । मधेसी मोर्चा सप्तरीमा राजविराज घटनाको विरोधमा अनिश्चितकालीन बन्द आहृवान गरेको छ र, एमाले समर्थकलाई सामाजिक बहिस्कार गर्ने चेतावनी दिएको छ । राजविराज घटनापछि प्रमुख जिल्ला अधिकारीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख फेरिएका छन् । पुराना अधिकारीहरु गृह मन्त्रालय हाजिर भइसकेका छन् भने नयाँ सीडीओ र सुरक्षा प्रमुखहरु कार्यक्षेत्रमा पुगिसकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्