२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कामका सिलसिलामा निजी हेलिकोप्टर प्रयोग गर्दा निर्वाचन आयोगको स्वीकृति लिनु पर्ने भएको छ । साथै सांसदहरु चुनाव प्रचारमा जाँदा सरकारी गाडीमा जान पाउने छैनन् ।
आयोगको आइतबार बसेको बैठकले स्थानीय चुनावका लागि लागू गरिएको निर्वाचन आचार संहिता सम्बन्धमा थप स्पष्ट पार्दै प्रधानमन्त्रीले आयोगको पूर्व स्विकृती लिएर मात्र निजी हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।
साथै निर्वाचन प्रचार-प्रसारमाप्रधानमन्त्री संलग्न नहुने व्यवस्था गर्न मन्त्रlपरिषदको कार्यालयलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगले मन्त्रीहरुले सरकारी कामको सिलसिलामा सदरमुकामसम्म सरकारी सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । साथै राजनीतिक कार्यक्रममा निजी सवारी प्रयोग गर्नु पर्नेछ र, दुबैमा आयोगको पूर्वस्वीकृति चाहिनेछ ।
आयोगले निर्वाचन प्रचार-प्रसारमा मन्त्रीहरु संलग्न नहुने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
सांसदलाई कुनै दल वा उम्मेदवारको प्रचार-प्रसारका लागि सरकारी सवारी साधन एवं सरकारी साधन स्रोत प्रयोग नगर्ने व्यवस्था गर्न संसद सचिवालयलाई निर्देशन दिएको छ ।
साथै विश्व विद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरूको पूर्व निर्धारित कार्यतालिका बाहेकका निर्वाचन नगर्न, नगराउनसरकारलाई निर्देशन दिने समेत निर्णय भएको छ ।
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड