फागुन २१, जनकपुरधाम– सिके राउत र एमाले अध्यक्ष केपी ओली एकै सिक्का दुई पाटा भएको नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले आरोप लगाएका छन् । ओली अहिले पार्टीको १५ दिने मेची–महाकाली अभियानको क्रममा झापामा रहेका छन् ।
नयाँ शक्ति नेपाल धनुषाले शनिवार जनकपुरमा आयोजना गरेको धनुषा जिल्ला स्तरिय राजनीति ध्रुविकरण एवम् पार्टी प्रवेश कार्यक्रममा बोल्दै भट्टराईले अहिलेको चुनावको घोषणा जनतालाई ठग्नु सरह रहेको समेत बताए ।
मधेशी जनजाती, थारु लगायतकालाई चुनावमा जाने वातावरण नबनाएसम्म चुनाव घोषणा गर्नु सत्ता लम्ब्याउनका लागि मात्र भएको उनको आरोप छ ।
भट्टराईले सीमांकन विना चुनाव असम्भव हुने भएकोले मधेसी मोर्चाले राखेको माग तत्काल पूरा हुनुपर्ने धारणा राखे ।
उनले सत्तामा रहेका माओवादी, कांग्रेस र विपक्षमा रहेका एमालेले भित्री रुपमा सत्ता समीकरण बनाइरहेको तर बाहिरि रुपमा भने चुनावको घोषणा गरेको आरोप लगाउँदै स्वतन्त्र चुनाव गराउनका लागि सर्वदलिय सरकारको आवश्यकता रहेकोमा जोड दिए ।
भट्टराईले नेपालको जग वसाल्ने मधेशी नै रहेको दाबी गर्दै मधेशी भन्दा ठुलो राष्ट्रवादी कोहि नभएको वताए ।
जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा भएको सो कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ३ सयको हाराहारीमा नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई पार्टी संयोजक बाबुराम भटराईले फुलमाला तथा अविर लगाएर पार्टी प्रवेश गराएका थिए।
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड