February 25, 2017

रक्सिले मातिएर लुटपाट गर्न खोज्ने चार केटा परे फन्दामा

handcuffमोरङ, फागुन १४ । मोरङको भातिगन्ज– २ स्थित भित्री सडकमा गएराति मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भातिगन्ज– २ बस्ने ३० वर्षीय पशुपति राजवंशी, ३० वर्षकै धनिराम राजवंशी, ३३ वर्षीय रमेश राजवंशी र २० वर्षीय श्रीनन्दन राजवंशी रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय विराटनगर हाटखोलाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
सो समूहले विराटनगर –९ स्थित मेडिकल पसलबाट मोटरसाइकलमा घर फर्कने क्रममा भातिगन्ज– ४ बस्ने रोहित यादव र भरत यादवलाई लुटपाट गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको