February 20, 2017

फास्ट ट्रयाक सरकारले नै बनाउनु पर्छ :कार्यदलको सुझाव

Fast-track९ फागुन, काठमाडौं । सरकारी कार्यदलले काठमाडौं-निजगढ फास्ट ट्रयाक नेपाल सरकार आफैंले बनाउन सुझाव दिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको कार्यदलले सोमबार विहान प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

 

सरकारले गत पुस ७ गते फास्ट ट्रयाक निर्माणको सम्भाव्यता अध्ययन गरी सुझाव पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सुझाव समिति बनाएको थियो ।

समितिलाई पुरानै कम्पनीले बनाएको डीपीआर लिन सकिने वा नयाँ बनाउनुपर्ने, फास्ट ट्रयाकको बित्तीय व्यवस्थापन कसरी गर्ने, नेपाल आफैंले बनाउन सक्ने वा नसक्ने, कुन मोडालिटीमा बनाउनेजस्ता विषयमा सरकारलाई सुझाव पेश गर्न कार्यदेश दिइएको थियो ।

कार्यदलले भारतीय कम्पनीले बनाएको डीपीआर स्वीकार गरेर फास्ट ट्रयाक नेपाल सरकारले नै बनाउनु पर्ने सुझाव दिएको छ । ‘डेभलोपमेन्ट पार्टरहरुले इच्छा देखाएको भएपनि नेपाल सरकार आफैंले बनाउँदा छिटो छरितो हुन्छ, संयोजक मीनबहादुर श्रेष्ठले भने, तुरुन्तै काम सुरु गर्ने भएकाले पुरानो डीअीआर उचित किसिमले लिने भन्ने सुझाव छ ।’

सरकार आफैंले बनाउँदा ३ देखि ५ वर्ष लाग्ने कार्यदलले प्रतिवेदनमा उल्लेख छ ।

यो वर्ष पनि सरकारले १० अर्ब बजेट छुट्याएको छ । प्रत्येक वर्ष १० देखि २० अर्ब छुट्याउँदा फास्ट ट्र्याक नेपालले बनाउन सक्ने कार्यदलको सुझाव छ । रकम जुटाउन विकास ऋण पत्र पनि जारी गर्न सकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

योजना आयोगका उपाध्यक्ष समेत रहेका कार्यदल संयोजक श्रेष्ठले भने, आयोजना महत्वपूर्ण रहेको र छिटो सम्पन्न गर्न सकिने भएकाले विकास समिति वा कम्पनी मोडल मध्ये एउटा मोडलमा जान सकिन्छ ।’

यस्तो संयन्त्र बनेको एक डेढ महिनाभित्र कार्यालय स्थापना गरेर काम थाल्न सकिने कार्यदलको सुझाव छ ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले अब फास्ट ट्र्याक निर्माण अघि बढ्ने बताए । उनले भने, फास्ट ट्रयाक नेपालले बनाउन सक्छ कि सक्दैन भन्ने बहस थियो, त्यो कन्फ्युजन अन्त्य भएको छ । अब छिटोभन्दा छिटो फास्ट ट्रयाक निर्माणको काम सुरु हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता