२० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा छलफलमा के कस्ता एजेन्डा लैजाने भन्ने विषयमा छलफल गर्न व्यास्त छन् । भारत भ्रमणमा छलफलमा गर्ने एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब दुई घन्टा चलेको बैठकमा उनले कार्यान्वयन गर्न सम्भव भएका विषय मात्रै आफूले भारतीय अधिकारीसँग उठाउने स्पष्ट पारेका छन् ।
उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री रमेश लेखक, पर्यटनमन्त्री जीवनबहादुर शाहीललगायत ‘ब्रिफिङ’मा सहभागी थिए । मन्त्रालयका सचिव तथा भारत भ्रमणको एजेन्डामा समन्वय गरिरहेका सहसचिवले भारतीय सहयोगमा निर्मित आयोजनाको अवस्था र भारतसाग वार्ताका लागि नेपालको प्रस्तावित अडानबारे ‘ब्रिफिङ’ गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई माथिल्लो कर्णाली, अरुण तेस्रोसहित भारतीय कम्पनीले निर्माण गर्ने जलविद्युत् आयोजनाको अवस्थाबारे सम्बद्ध मन्त्रालयका अधिकारीले ‘ब्रिफिङ’ गरेका थिए । उनीहरूले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यताबारे पूर्ववत् सहमति, प्रचण्ड अघिल्लो पटक प्रधानमन्त्री हुादा भारतले वचन दिएको नौमुरे जलविद्युत् योजना निर्माणबारेमा चर्चा गरेका थिए । नेपालको आन्तरिक पानी बााडफााडको विवाद तथा भारतीय अरुचिसमेतका कारण निर्माण नभएको सो आयोजनाको विकल्प खोज्नुपर्ने सुझाब सम्बद्ध अधिकारीले दिएका छन् । प्रधानमन्त्री प्रचण्ड ३० भदौदेखि २ असोजसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
२९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा
काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता