२० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा छलफलमा के कस्ता एजेन्डा लैजाने भन्ने विषयमा छलफल गर्न व्यास्त छन् । भारत भ्रमणमा छलफलमा गर्ने एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब दुई घन्टा चलेको बैठकमा उनले कार्यान्वयन गर्न सम्भव भएका विषय मात्रै आफूले भारतीय अधिकारीसँग उठाउने स्पष्ट पारेका छन् ।
उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री रमेश लेखक, पर्यटनमन्त्री जीवनबहादुर शाहीललगायत ‘ब्रिफिङ’मा सहभागी थिए । मन्त्रालयका सचिव तथा भारत भ्रमणको एजेन्डामा समन्वय गरिरहेका सहसचिवले भारतीय सहयोगमा निर्मित आयोजनाको अवस्था र भारतसाग वार्ताका लागि नेपालको प्रस्तावित अडानबारे ‘ब्रिफिङ’ गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई माथिल्लो कर्णाली, अरुण तेस्रोसहित भारतीय कम्पनीले निर्माण गर्ने जलविद्युत् आयोजनाको अवस्थाबारे सम्बद्ध मन्त्रालयका अधिकारीले ‘ब्रिफिङ’ गरेका थिए । उनीहरूले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यताबारे पूर्ववत् सहमति, प्रचण्ड अघिल्लो पटक प्रधानमन्त्री हुादा भारतले वचन दिएको नौमुरे जलविद्युत् योजना निर्माणबारेमा चर्चा गरेका थिए । नेपालको आन्तरिक पानी बााडफााडको विवाद तथा भारतीय अरुचिसमेतका कारण निर्माण नभएको सो आयोजनाको विकल्प खोज्नुपर्ने सुझाब सम्बद्ध अधिकारीले दिएका छन् । प्रधानमन्त्री प्रचण्ड ३० भदौदेखि २ असोजसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड