१५ भदौ, भोजपुर । भोजपुरमा स्थानीय पुनःसंरचनासम्बन्धी सुझाव सङ्कलन गर्न थालेका छन् । जिल्लामा पुनःसंरचनासम्बन्धी धेरै विवाद आउन थो पछि सुझाव सङ्कलन गर्न थालेका हुन् ।
जिल्लाको पश्चिमी गाविस लेखर्कमा खावा, कोट, गोगने र लेखर्कका सरोकारवालाले स्थानीय निकायको पुनःसंरचनासम्बन्धी सुझाव सङ्कलन गर्न थालेका छन् ।
सूर्यप्रसाद नेपालको अध्यक्षतामा एक समितिको गठन गरी मङ्गलबारदेखि सुझाव सङ्कलन गर्न थालेका हुन् । सुझाव सङ्कलन कार्यक्रममा चार गाविसको केन्द्र हुनेगरी गाउँपालिका निर्धारण गर्नुपर्ने र त्यसो नभए सम्बन्धित निकायमा गएर आन्दोलन गर्ने त्यहाँका स्थानीयवासीले निर्णय गरेको लेखर्कका प्रकाश दङ्गालले जानकारी दिनुभयो ।
पुनःसंरचना प्राविधिक समितिले अन्नपूर्ण गाउँपालिका नामाकरण गरी तिम्मा, कोट, गोगने, लेखर्क, खावा, नागी, अन्नपूर्ण र छिनामखु गाविसलाई एउटै गाउँपालिका बनाउने प्रस्ताव गरेकामा त्यसप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । त्यहाँका स्थानीयवासीले कोट, खावा, लेखर्क र गोगनेलाई एउटा गाउँपालिका बनाउन मागसमेत गर्दै आएका छन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि