सुजुकी गाडीमा चौधरी बाबु छोराको मिटरब्याज आतंक, अबैध भूमिगत कम्पनि मार्फत खुला धन्दा 

 मंसिर २२, काठमाडौं । राजधानीको त्रिपुरेश्वरमा भूमिगत कम्पनि मार्फत मिटर ब्याज उठाइरहेका व्यापारी अरुण चौधरी र उनका छोरा करण चौधरीबाट अन्य दर्जनौँ व्यक्ति पीडित भएको फेला परेको छ ।

राष्ट्र बैंकमा दर्ता समेत नभएको केएमसी अटोमोबाइल्स मार्फत मनोमानी ब्याज असुल्दै आएको यो कम्पनिले सुजुकी गाडीका प्रयोगकर्तालाई ठगी गर्दै आएको छ ।

पीडितहरुले लकडाउन अवधिमा समेत कम्पनिबाट अवैध रुपमा शुल्क असुल गरिएको भन्दै कार्यालयमै दिएको निवेदन र स्टेमेन्ट समेत भेटिएको छ ।

राष्ट्र बैंकले निर्धारण गरेको ब्याजदरमा ऋण र ब्याजको कारोबार गर्न राष्ट्र बैंकबाटै अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थाले मात्रै पाउँछन् । तर, चौधरीले सञ्चालन गरेको केएमसी अटोमोबाइल्सले सुजुकी गाडीका प्रयोगकर्तालाई अवैध रुपमा मिटर ब्याज असुली गरिरहेको भएतापनि नियामक निकायले कुनै कारबाही गरेको छैन ।

केएमसी अटोमोबाइल्सले लकडाउन अवधिमा आफूलाई चर्को शुल्क लिएको भन्दै पीडित सुरेन्द्र बज्राचार्यले कार्यालयमै उजुरी दिएको भेटिएको छ । गत असोज १५ गते केएमसी अटोमोबाल्सलाई दिएको निवेदनमा बज्राचार्यले आफूलाई लकडाउन अवधिमा पेनाल्टी बापत ७६ हजार रुपैयाँभन्दा बढी रकम असुल गरिएको र उक्त रकम फिर्ता दिन माग गरेका छन् ।

बज्राचार्यका अनुसार उनलाई केएमसी अटोमोबाइल्सले लकडाउन अवधिमा दैनिक एक सय २२ रुपैयाँ जरिवाना गरेको छ । १५ दिनपछि त्यसमा थप अझै बढाएर असुली गरिएको उनले बताए ।

हायर पर्चेचको कारोबार गर्ने अनुमति नै नपाएपनि यो कम्पनिले महेन्द्र प्रसाद घोरासइनीलाई १० दशमलव ९९ प्रतिशत ब्याज लिएको छ । उनको नाममा रहेको बा १९ च ७३९० नम्बरको गाडीका लागि १२ लाख १७ हजार ३ सय रुपैयाँको फाइनान्स गराएका उनले उनले ५ लाख १७ हजार ८ सय ८३ रुपैयाँ ब्याज बुझाउनुपर्ने स्टेटमेन्टमा देखिएको छ ।

उनका आफन्त नकुल नेपालका अनुसार केएमसी अटोमोबाइल्सले १२ लाखका जरिवाना भनेर निकै दुख दिएको छ ।

‘यो चोर कम्पनि हो । हामीलाई पनि १२ लाखको जरिवाना भनेर ठगेको छ । यसलाई सजाय दिनुपर्छ,’ उनले दियोपोस्टसँग भनेका छन् ।

अर्का एक पीडितलाई पनि प्रमुख विनोद पौड्यालले लकडाउन पछि तिर्नुस् अहिले केही तिर्नु पर्दैन भने तर, लकडाउन खुलेपछि पछि भने उनीबाट २२ हजार रुपैयाँ थप असुली गरियो ।

अर्का सेवा ग्राही दिपक बुढाथोकीले पनि आफूले तिर्दै आएको नियमित किस्तालाई लकडाउन अवधिको जरिवानामा कन्भर्ट गरेर अहिले फेरी ७९ हजार रुपैयाँ जरिवाना तिर्न आउन भन्दै कम्पनिले बारम्बार तनाव दिएको गुनासो गरे ।
केही पीडितलाई भने यो कम्पनिले कागजमा ८.९९ प्रतिशत लेखेर पैसा लिँदा भने १५ प्रतिशत भन्दा बढी ब्याज असुली गरेको भेटिएको छ ।

 

राष्ट्र बैंकबाट हायर पर्चेचको कारोबार गर्न अनुमति लिएका १० वटा संस्थाको सुची भित्र केएमसी अटोमोबाइल्स छैन । ‘यो हाम्रो क्षेत्राधिकार भित्र पर्दैन । हाम्रो कार्यालयमा दर्ता नै नभएको कम्पनिले अवैध रुपमा असुली गरेको छ भने प्रहरीले हेर्ने हो । कानुन कार्यान्वयन गर्ने निकाय त प्रहरी हो,’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले दियोपोस्टसँग भने,‘राष्ट्र बैंकबाट अनुमति पाएका १० वटा कम्पनि भित्र यो कम्पनि परेको छैन । त्यसैले यो अवैध हो ।’

Coppied from diypost.com

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग