सामाजिक सञ्जालको गलत प्रयोगले बलात्कारका घटना बढ्याे

काठमाडौं, माघ १९ः देशमा पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको एक अध्ययनले देखाएको छ । पछिल्लो पाँच महिनामा देशभरबाट जबरजस्ती करणीसम्बन्धी प्रहरीमा १ हजार १ सय ७ उजुरी परेको तथ्यांकले देशमा बलात्कारको अवस्था भयाभय भएको देखाएको हो ।पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोग हुँदा बलात्कारका घटना बढ्दै गएको नेपाल समाचारपत्रसँग कुराकानी गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

‘पहिले पहिले सामाजिक प्रतिष्ठाले गर्दा यस्ता उजुरी दिन डराउने गर्थे पछिल्लो समय जनचेतना बढेको हुँदा उजुरी दिने संख्या ह्वात्तै बढेको हुँदा पनि बलात्कारको घटना बढेजस्तो देखिएको हो।’ –कुँवरको भनाइ थियो । उनले घटनाको अनुपातभन्दा उजुरी दिनेको अनुपात बढेको बताए ।

देशभरको तथ्यांक हेर्दा बलात्कृत हुनेमा ११ देखि १६ वर्षसम्मका बालिका रहेको प्रवक्ता कुँवरले जानकारी दिए । उनका अनुसार साउनदेखि मंसिरसम्म मात्रै यस समूहका ४ सय २८ बालिका जबरजस्ती करणीको सिकार बनेका छन् ।

त्यस्तै प्रहरीमा उजुरी परेको तथ्यांक हेर्ने हो भने एक वर्षमा मात्रै प्रदेश १ मा २ सय ७७, प्रदेश २ मा १ सय ६९, प्रदेश ३ मा १ सय ३०, प्रदेश ४ मा ८९, प्रदेश ५ मा १ सय २४, प्रदेश ६ मा ६२, प्रदेश ७ मा १ सय ७ र उपत्यकामा मात्रै ८९ गरी देशभर १ हजार १ सय ७ जबरजस्ती करणीका उजुरी परेका छन्, जसमा १० वर्षभन्दा मुनिका बालिका १ सय ३४, ११ देखि १६ वर्षसम्मका बालिका ४ सय २८, १७ देखि १८ वर्षसम्मका बालिका १ सय ४४, १९ देखि २५ वर्षसम्मका महिला १ सय ८८, २६ देखि ३५ वर्षसम्मका महिला १ सय ३२, ३६ देखि ४५ वर्षसम्मका महिला ४२, ४६ देखि ५९ वर्षसम्मका महिला २४ र ६० वर्षभन्दा माथिका महिला १४ बलात्कृत भएको तथ्यांक नेपाल प्रहरीसँग रहेको छ ।

नेपाल प्रहरी पीडितमैत्री भएर अनुसन्धान गर्ने भन्दै प्रवक्ता कुँवरले पीडितलाई न्याय दिन आफूहरुको हरदम प्रयास हुने बताए । ‘पीडितलाई तत्काल राहत हुने गरी हामीले काम गरेका छौं।’ –उनको भनाइ थियो । यस्ता घटनाको सत्यतथ्य छानबिन गर्न पनि नेपाल प्रहरी निरन्तर लागेको र आगामी दिनमा पनि लाग्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न