संसद बैठक : काँग्रेसको अवरोधले बैठक आधा घण्टा स्थगित

माघ २४, काठमाडौं : प्रतिनिधिसभाको शुक्रबारको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । सभामुखले संसदको कामकारबाही सुरु भएको घोषणा गरे लगत्तै कांग्रेसका सबै सांसद उठेर संसद बैठक अवरूद्ध गरेका थिए। 

ललिता निवास जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई मुद्दा दायर गरेको विरोधमा कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरूद्ध गरेको हो। 

काँग्रेसले बैठक अवरुद्ध गरे लगत्तै कांग्रेसका सांसद मानबहादुर विश्वकर्मालाई आफ्नो धारणा राख्न सभामुख अग्निप्रसाद सापकोटाले समय दिएका थिए। 

सांसद विश्वकर्माले एउटा निर्दाेषलाई पक्राउ गरेर दोषिलाई उन्मुक्त दिएको अाराेप लगाए । उनले भने, ‘सरकारले नियोजित योजनामा अख्तियारले कांग्रेसका सांसद थुन्ने काम अघि बढाएको छ, अख्तियार सरकारको छायाँ भएर सत्तारुढ पक्षकालाई बोक्ने र अरुलाई ठोक्ने कार्य बेठिक छ।’

यसअघि शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले शुक्रबारको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो।

सत्ताको प्रयोगमा अख्तियार परेको कांग्रेसले आरोप लगाएको छ। 

यसैबीच सभामुख सापकोटाले संसद बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक