संविधान संशोधन प्रस्ताव अघि बढाउने सरकारको तयारी

SANSAD-BUILDINGकाठमाडौं– सरकारले संसदमा पेश गरिएको संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।
कानुन मन्त्री अजयशंकर नायकले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन पनि भोली बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव अघि बढाउनैपर्ने बताए ।
व्यवस्थापिका संसद कार्य व्यवस्था परामर्श समितिको बैठक पछि संचारकर्मीसँग कुरा गर्दै उनले भोली बस्ने संसद बैठकमा प्रमुख प्रतिपक्ष एमालेले पनि संविधान संशोधन प्रस्ताव अघि बढाउन साथ दिने जिकीर समेत गरे ।

कानुन मन्त्री नायकले निर्वाचनमा सबै दललाई सहभागी गराउन पनि संविधान संशोधन प्रस्ताव अघि बढाउन सरकार बाध्य भएको पनि स्पष्ट पारे ।
यता, प्रमुख प्रतिपक्ष नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने संविधान संशोधन प्रस्ताव अघि बढाउन नदिने पार्टीको अडान यथावत रहेको टिप्पणी गरे ।
उनले संविधान संशोधन प्रस्तावमा अघि सारिएका बूदा राष्ट्रहितमा नरहेकाले एमालेले त्यसलाई स्विकार गर्न नसक्ने पनि स्पष्ट पारे । नेता नेपालले संविधान संशोधन प्रस्तावको विपक्षमा सत्तारुढ दलहरु आफैं उभिएको पनि स्मरण गराए ।
तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले निर्वाचन हुनै नसक्ने जिकीर गरे ।
उनले सरकारले हुनै नसक्ने निर्वाचनको मिति घोषणा गरेको प्रतिक्रिया दिए । उनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभई निर्वाचन हुनै नदिने उल्लेख गरे ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगत्तै मधेश केन्द्रित विरोध प्रर्दशनको कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक