संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह

Barshaman-Pun-Anant१३ भदौ, बुटवल । नेकपा माओवादीका नेता वर्षमान पुन संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् । मधेसवादी दल र केही समुदायले सीमांकनको बिषयमा लिएर असन्तुष्टि जनाएको भन्दै उनले यसलाई सम्बोधन गर्न संविधान संसोधन जरुरी रहेको वताउदै संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका हुन ।

सोमबार बुटबलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पुनले प्रचण्ड नेतृत्वको सरकार संविधान संशोधन गरेर संविधानको कार्यान्वयनमा लाग्ने बताए । ‘संविधानको कार्यान्वयनका लागि ठुला पार्टी मिल्नु पर्ने वताउदै ‘त्यसको लागि एमालेले अहिले प्रतिपक्षमा बसेको भएपनि संविधान संशोधनमा सघाउनु पर्नेमा जोड दिएका हुन् ।

संविधानको कार्यान्वयन, पुनर्निर्माण र शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन मुख्य पार्टी जहाँ भएपनि मिल्नुपर्ने उनले बताए । नेता पुनले माओवादी अहिले स्थानीय तहको संरचनाबारे पार्टीमा छलफल अगाडि बढाएको बताए । स्थानीय तह ८ सयदेखि १ हजारको बिचमा बनाउन उपयुक्त हुने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक