शेरबहादुरकै अगाडि यसरी खनिए रामचन्द्र

५ साउन,काठमाडौं– कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कार्यशैलीको कडा आलोचना गरेका छन् । पार्टीको राजधानीमा आयोजित २ नम्बर प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले देउवाको कार्यशैलीको कडा आलोचना गरेका हुन् । पार्टी सभापति भएपनि पार्टीलाई गति दिन देउवाले प्रभावकारी कदम चाल्न नसकेको  पौडेलको आरोप छ  । 

सभापति र निकटकाहरुबाटै यसअघिको चुनावमा अन्तरघात भएको आरोप लगाउँदै पौडेलले भने, ‘ म सभापतिलाई भन्न चाहन्छु । पार्टीमा अन्तरघात भएकै हो । यसको जिम्मा लिने कि नलिने  ? मनोपाली प्रबृत्तिले पार्टी चल्दैन ।’ उनले यो कुरा बारम्बार  भित्रि कोठामा पनि भनेको स्मरण गर्दै पौडेलले आज खुलेआम यही कुराको स्मरण गराएको बताए ।  उनले आफू  समावेशी र  समानुपातिको पक्षमा रहेको भएपनि नेतृत्वकै कारण त्यसो हुन नसकेको दाबी गरे । 

 सरुवा बढुवादेखि नियुक्तिसम्ममा देउवाले हस्तक्षेप गरेको तर समावेशीतालाई धज्जी उडाइएको  आरोप लगाउँदै पौडेलले भने, ‘ सभापतिलाई भन्न चाहन्छु, राजदूत नियुक्ति गर्दा आइजईजी नियुक्ति गर्दा के भयो ? यसमा खै समावेशी ? नेतृत्व गम्भीर बन्ने कि नबन्ने  ?’ उनले विगतको चुनावमा टिकट वितरण पनि गुटको आधारमा भएको दाबी गर्दै  तेस्रो चरणको चुनावमा भने क्षमता, योगदान र योग्यताको आधारमा टिकट वितरण हुनुपर्नेमा जोड दिए । 

‘टिकट दिइँदा गुटको आधारमा दिइने रहेछ ।  सिधै केन्द्रमा नेतालाई भनसुन गरेर दिइने रहेछ । तर यो गलत छ ।’ उनले भने, ‘जनताले चिनेको लाई पो टिकट दिने हो । तर यस्तो नहुँदा यसैकारण अन्तरघात भएको हो । यसपटक पार्टी नेतृत्वले यसकुरामा  ध्यान दिनुपर्छ । ’ उनले सँधै आन्दोलनरत मधेसी दललाई पर्खिन नसकिने भन्दै संशोधन प्रस्तावलाई टेबुल गरिनुपर्ने धारणा समेत राखे । 

अन्तरघात गर्ने निष्कासनमा पर्छन्ः देउवा

भेलामा कांग्रेस सभापति शेरबहादुरले  २ नम्बर प्रदेशको चुनाव कांग्रेसको लागि  जीवन मरणको सवाल भएको भन्दै त्यसमा प्रभावकारी ढंगले लाग्न पार्टीपंक्तीलाई निर्देशन दिए । उनले चुनावमा गुटबन्दी गरी अन्तरघात गर्नेलाई ठाउँको ठाउँ कारबाही गरिने चेतावनी दिए ।  उनले भने, ‘पार्टीमा बस्ने  अनि टिकट पाएन भनेर अन्तरघात गर्ने ?   कसैले चुनावमा अन्तरघात गरेको पाइए  ठाउँको ठाउँ कारबाही हुन्छ ।’

उनले आफूकहाँ टिकट माग्दै आउने सबैले चुनाव जुत्छु भन्ने आउने स्मरण गर्दै भने, ‘ जो पनि मलाई भेट्न आउँछन् । म जित्छु भन्छन्, सबैले जित्छ भने कसले हार्छ त ?’ उनले तेस्रो चरणको चुनावमा भनसुनको आधारमा भन्दा पनि योग्य जित्न सक्ने खुबी राख्नेलाई टिकट दिइने भन्दै सोहि अनुसार तयारीमा जुट्न निर्देशन दिए ।  यस्तै उनले राजपाको माग सम्बोधन गर्ने गरी सरकार लागिपरिराखेको पनि सो क्रममा बताए । यस्तै भेलामा महामन्त्री शशांक कोइराला र नेता कृष्ण सिटौलाले अन्तरघातले पार्टी पछि गरेको  भन्दै यसलाई गम्भीर रुपमा लिइनुपर्ने बताए । 

यसअघि नेता विमलेन्द्र निधिले २ नम्बर प्रदेशमा पार्टीले १०० सिट जित्ने लक्ष्य प्रस्तुत गरेका थिए  ।  भेलामा प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने