विप्लव र वैद्यसँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव, के गर्लान बिप्लव र बैद्यहरु ?

काठमाडौं । माओवादी केन्द्रमा फेरि पार्टी एकताको कुरालाई जोडतोडका साथ उठेको छ । चुनावको समिक्षा गर्न काठमाडौंमा बसेको केन्द्रीय सचिवालयको विस्तारित बैठकमा फेरि पार्टी एकताको विषय मुख्य बनेको हो ।parchanda-baidhay-biplab-1070x428

सातओटै प्रदेशका इन्चार्जहरुले चुनावको हारको कारणहरुमध्ये पहिलो पार्टी विभाजन नै भएको रिपोर्टिङ गरेका थिए । उनीहरुले दोस्रोमा अन्तरघातलाई भनेका छन् ।

माओवादीले स्थापित गरेका राजनीतिक एजेण्डा छोड्दा जनताको अाकर्षण पनि घटेको भन्दै नेताहरुले कार्यकारी राष्ट्रपति, जनजिवीकाका विषयमा संघर्षलगायतका एजेण्डालाई पुनः उठाउनु पर्ने नेताहरुले बताएका थिए ।

नेताहरुबीच निकै घोचपेच भएको बैठकमा उठेका प्रश्‍नको जवाफ दिँदै अध्यक्ष प्रचण्ड कार्यकारी राष्ट्रपतिको लागि संघर्ष गर्ने, वैद्य र विप्लवसँग पार्टी एकताको लागि लचिलो भएर पेश हुने, वाइसिएललाई ब्युताउने, चुनावमा अन्तरघात गर्नेलाई कारवाही गर्ने बताएका थिए ।
माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पार्टी एकताको लागि पहल गर्ने निर्णय भएको बताए ।

क्रान्तिकारी शक्ति एक भएर अगाडि बढ्नु पर्ने भन्दै शर्माले त्यसको लागि क्रान्तिकारी माओवादी र नेकपासँग पार्टी एकतको लागि पहल गर्ने निर्णय गरेको जानकारी दिए ।

‘संघर्ष गर्ने पार्टीभित्र र वाहिर दुबैतिर हो, पार्टी नेतृत्व संसदीय भाषमा जान खोज्यो भने त्यसबाट बचाउन वैद्य र विप्लव कमरेडहरुले संघर्ष गर्नुपर्छ’ नेता शर्माले भने । उनले पार्टी एकताको लागि संयुक्त रुपमा महाधिवेशन गर्ने र त्यसमा राजनीति, वैचारिक कुरामा लचिलो भएर छलफल र बहस गर्न अाफूहरु तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक