रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा

एजेन्सी ,साउन ४लण्डन – दक्षिण अफ्रिकाविरुद्ध २ विकेटको रोमाञ्चक जीत हासिल गर्दै इंग्ल्याण्ड महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य इंग्ल्याण्डले २ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्याएको हो ।england-women-cricke_7hRuDfnhna

इंग्ल्याण्डलाई लक्ष्यका पार पुर्याउन अलराउण्डर जेनी गनले २७ बलमा २७ रन बनाइन् ।त्यस्तै म्यान अफ द म्याच घोषित विकेट किपर शारा टेलरले सर्वाधिक ५४ रनको योगदान दिइन् भने कप्तन हेदर नाइट र फ्रान विल्सनले समान ३०–३० रनको योगदान दिइन् ।दक्षिण अफ्रिकाका लागि सुन लुस र आयाबोङ्गा खाकाले २–२ विकेट लिए ।यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।मिगनन डु प्रिजले सर्वाधिक ७६ रन बनाइन्् भने ओपनर लाउरा वोल्भार्डटले ६६ रनको योगदान दिएकी थिइन् ।
अब दोस्रो सेमिफाइनलमा भारत र अस्ट्रेलिया विहिबार एकअर्काको सामना गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले