रियाद मेहरेज लिसेस्टर क्लव छाड्दै

Riyad_mahrez-768x432१७ जेठ, काठमाडौं । लिसेस्टर सिटीका स्ट्राइकस रियाद मेहरेजले क्लव छाड्न चाहेको घोषणा गरेका छन् ।

 

फ्रान्सेली क्लव ले हाब्रेबाट सन् २०१४ मा ४ लाख पाउण्डमा लिसेस्टर आएका उनी गत सिजन क्लवले पि्रमियर लिगको उपाधि जितेलगत्तै छाड्ने मुडमा थिए । तर क्लव प्रशासनले गरेको बिशेष अनुरोध स्वीकार्दै उनी एक सिजनका लागि क्लवमा बसेका थिए ।

तर मेहरेजले आफ्नो बिज्ञप्तिमा भनेका छन् कि उनी निक्कै महत्वाकांक्षी छन् र क्लवलाई आफूले यस सिजनदेखि छाड्न लागेको सूचित गरिसकेका छन् ।

प्रोफेसनल प्लेयर अफ द इयर २०१६ को उपाधि जितेका मेहरेजले यस सिजन लिसेस्टरका लागि ४८ खेल खेले । क्लवले कमजोर प्रदर्शन गर्दै लिगमा १२औं स्थान र च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म पुग्दा मेहरेजको योगदान १० गोल र ७ असिस्ट हो ।

मेहरेजले एक बिज्ञप्तिमाा भनेका छन्, ‘मैले लिसेस्टरबाट ठूलो प्रशंसा र सम्मान पाएँ र मैले पनि पूरै इमान्दारी र पारदर्शी ढंगले योगदान दिएँ । मैले क्लवलाई यो सूचित गरिसकेको छु कि अव मलाई अघि बढ्ने समय आइसकेको छ ।’

‘मैले क्लवका अध्यक्षसँग पछिल्लो बर्ष घनिभूत छलफल गरेको थिएँ र एक सिजन क्लवमै रहन सहमति गरेको थिए, किनभने, म लिसेस्टरमै रहेर च्याम्पियन्स लिगको उपाधि पनि जित्न चाहन्थेँ ।’

‘मैले मेरो करिअरको सबैभन्दा उत्कृष्ट चार सिजन लिसेस्टरका लागि बिताएको छु र हरेक पल स्मरणीय पनि छ । गर्व गर्न लायक के पनि भयो भने मेरै समयमा क्लवले पि्रमियर लिगमा एतिहासिक उपलब्धि हासिल गर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति