यो हो मान्छे खाने पहाड, अहिलेसम्म ८० लाख मरिसके

mountain-पश्चिमी भागमा छ केरो रिको पहाड । बोलिभियामा लामो समयसम्म स्पेनी साम्राज्य रह्यो । स्पेनीहरु यस पहाडलाई धनी पहाड भन्थे । किनकी त्यहाँ प्रसस्तै चाँदी पाइन्थ्यो । पूरै पहाड नै चाँदीले बनेको लाग्थ्यो स्पेनीसलाई । तर स्थानीय मानिसहरु भने यो पहाडलाई मान्छे खाने पहाडको रुपमा चिन्दछन् । १६ औँ सताब्दी देखि अहिलेसम्म यो सहरले ८० लाख जना मानिसलाई खाइसकेको बताउँछन् स्थानीयहरु ।

 

सन् १५४५ मा स्पेनले उक्त पहाडको काखमा एक सानो सहर स्थापित गरी झण्डै ३० लाख लाख स्थानीय मानिसहरुलाई जबरजस्ती चाँदी खानीको काममा लगायो ।

उक्त पहाडबाट सदियौँ देखि चाँदी उत्खनन गरिँदै आएको छ । अनुमान अनुसार स्पेनीहरुले त्यहाँबाट २ अर्ब औँस चाँदी निकाले । उक्त चाँदीले नै स्पेनलाई धनी बनायो । लगातारको उत्खननले पहाडको उचाई भने घट्दै गयो । ठाउँ ठाउँमा सुरुंग तथा भ्वाङ परे । जसका कारण उत्खनन कठीन बन्यो र दुर्घटना बढ्दै गयो । अहिलेपनि उक्त ठाउँमा झण्डै १५ हजार खानी मजदुरले काम गर्दछन् ।

उक्त पहाडको आसपासमा धेरै विधवा महिलाहरु छन् । विधवाहरुले एक संगठन नै खोलेका छन् । उनीहरुका अनुसार हरेक महिना उक्त पहाडका कारण १४।१५ जना महिला विधवा हुन्छन् । किनकी उक्त पहाडको चाँदी खानीमा काम गर्ने १४।१५ जना पुरुषको खानी दुर्घटनामा मृत्यु हुन्छ ।

चारै तर्फ धुलो तथा चट्टानबाट निस्कने विषाक्त ग्यासको बिगबिगी छ । सोही कारणले गर्दा खानी मजदुर तथा स्थानीय बासिन्दाहरु रोगका सिकार हुने गरेका छन् । त्यहाँ काम गर्ने वा बसोबास गर्ने मानिसहरुको औषत आयु ४० वर्षमात्र हुने गरेको छ ।

खानीमा दुर्घटना नहोस् भन्नका लागि त्यहाँ गहिराइका राक्षस मानिने एल टियोको मुर्ति राखेर पुजा समेत गरिन्छ ।

इतिहासकार एडुआर्डो गेलिनोका अनुसार १६ औँ सताब्दी देखि हालसम्म यस पहाडमा ८० लाख मानिस मरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।