मन्त्रीलाई आची गराउने अनौठो आन्दोलन

आन्दोलनका अनेकन रुप हुँदा रहेछन् । न्यूजिल्याण्डका वातावरण अधिकारकर्मीले सरकारको पानीसम्बन्धी नीतिको विरोधमा निकै अनौठो उपाय अबलम्बन गरेका छन् ।

newziland-ministerक्राइस्टचर्चस्थित काउन्सिल कार्यालय बाहिर वातावरण मन्त्रीको भिमकाय मूर्ति खडा गरिएको छ । मन्त्रीको मूर्ति घोडाको लादीबाट बनाइएको छ । अर्को रोचक कुरा त के भने कलाकारले मन्त्रीलाई आची गराइदिएका छन् । अर्थात् मूर्तिका ती वातावरण मन्त्रीको सुरुवाल तल झरेको छ । उनको नितम्ब, मलद्वार तथा यौनांग पछाडिबाट देखिन्छ । अनि मन्त्रीले पानीको भाँडोमा आची गरिरहेका छन् ।

 

कलाकार निक स्मिथले सरकारको पानी गुणस्तर नीतिको विरोधमा मन्त्रीलाई पानीमा आची गराएका हुन् । सरकारको पछिल्लो पानी गुणस्तर नीतिले पानी प्रदूषणलाई खुकुलो बनाएको र यसले जलाशयहरुलाई झनै प्रदुषित बनाउने भन्दै जलअधिकारकर्मीहरु आन्दोलनमा उत्रिँदै आएका छन् ।

इन्भारोमेन्ट क्यान्टरबरीमा उक्त मूर्ति लगेर प्रदर्शन गर्ने योजना रहेको भए पनि अदालतको आदेशका कारण त्यो रोकियो र नजिकैको सार्वजनिक स्थापना मूर्ति स्थापना गरियो । सडकमा राखिएको मन्त्रीको नांगो नितम्ब सरकारी भवनतर्फ फर्काइएको थियो ।

वातावरणमन्त्री निक स्मिथले चहिँ यस्तो कच्चा कलाकारिताबाट आफू आक्रोसित नभएको भन्दै यस्तो आलोचना सहने बानी आफूलाई परिसकेको बताएका छन् ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी