मतगणनास्थलमा जाली ! सुरक्षा व्यवस्था कडा

  श्रावण २० 

चितवन । पहिलो चरणको निर्वाचनको मतगणनामा राजनीतिक दलकै प्रतिनिधिले मतपत्र च्यातेपछि जिल्ला निर्वाचन कार्यालय चितवनले जाली लगाएर मतगणना गर्दैछ ।त्यसका लागि गणनास्थलमा जाली लगाइसकिएको छ । खेलकुदको कभर्ड हलभित्र मतगणना गर्ने र राजनीतिक दलका प्रतिनिधि रहने बीच भागमा जाली लगाइएको जिल्ला निर्वाचन कार्यालय चितवनका हरि अधिकारीले जानकारी दिए ।जेठ १४ गते भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भैरहेका बेला नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र नै च्यातेपछि जाली लगाएर सुरक्षा व्यवस्था कडा पारिएको हो ।

राजनीतिक दलको बैठकपछि रातिदेखि नै हुँदैछ  । सर्वदलीय  बैठकले यस्तो  निर्णय गरेको हो ।यसैबीच भरतपुर महानगरपालिका वडा नम्बर १९ मा कडा सुरक्षाका बीच मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकिएको थियो ।भरतपुर १९ मा तीनवटा मतदान स्थलका ६ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो ।  जम्मा ३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा ७५.५८ प्रतिशत मत खसेको छ ।वैशाख ३१ गते भएको निर्वाचनमा २८९७ सय मत खसेको थियो । हिलेभन्दा यसपटक मत बढी खस्ने अनुमान गरिएको भए पनि पहिलेभन्दा केही कम मत खस्यो ।पहिलेभन्दा २७ मत कम खसेको बताइएको छ । सबै जोड्न बाँकी रहेकाले १, २ मत तलमाथि पर्न सक्ने निर्वाचन कार्यालयका अधिकारीहरु बताउँछन् । शुक्रबार भएको मतदानमा २८७० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणको निर्वाचनपछि जेठ १४ गते राति मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको थियो ।

निर्वाचन आयोगले उक्त घटनाको छानविनपछि पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई स्थानीय नेताले सर्वोच्च अदालतमा पुनः मतदान गर्ने आयोगको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले नै मतदान गराउन आदेश दिएपछि शुक्रबार पुनः मतदान भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू